२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व प्रधानन्यायाधीश पराजुली र शंकराचार्यबीच भेट, हिन्दू राज्य बनाउन जोड



अ+ अ-

काठमाडौँ । पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले भारतको गोवर्धन पुरी पीठाधीश्वर जगद्गुरु शंकराचार्य स्वामी स्वामी अधोक्षजानन्द देवतीर्थ महाराजसँग भेट गर्नुभएको छ ।

पूर्वप्रधानन्यायाधीश पराजुली र पशुपति विकास कोषका सदस्य एवं संहिता शास्त्री अर्जुनप्रसाद बाँस्तोलासहित १० सदस्यीय उक्त टोलीले शंकराचार्यलाई पशुपतिनाथको चन्दन लगाइदिँदै रुद्राक्षको माला दिएको थियो ।

पूर्व प्रधानन्यायाधीश पराजुली र शंकाराचार्यबीच नेपाल–भारतको धार्मिक एवं सांस्कृतिक विषयमा चर्चा भएको पराजुलीले न्युजपोलारलाई बताउनुभयो ।

आफूले शंकराचार्यसँग नेपाल सैद्धान्तिकरुपले हिन्दू राष्ट्र भएको चर्चा गर्दै भारतलाई पनि हिन्दू राष्ट्र बनाउँदा विश्वमा सकारात्मक सन्देश जाने कुरा राखेको पूर्व प्रधानन्यायाधीश पराजुलीले जाकारी दिनुभयो ।

इसाई, मुसलमान, बौद्ध र यहुदीहरुको देश हुँदा भारत पनि हिन्दू राष्ट्र हुनुपर्ने आफूले सुझाव दिएको उहाँले बताउनुभयो ।

सो अवसरमा पराजुलीले शंकराचार्यलाई नेपाल आउन निमन्त्रणा दिनुभएको थियो ।