१६ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढी अपडेटः मृतकको सङ्ख्या १ हजार ३ पुग्यो, करिव ४ हजार बेपत्ता पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन (तस्बिरसहित) सामाजिक सञ्जालमा भाइरल गन्तव्यः सुन्दरताभित्र लुकेको जोखिम कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध जलवायु परिवर्तनको प्रभावलाई पनि राखेर हेर्दा यो जोखिम अहिले भोटेकोसी र रसुवामा आएको जोखिममा मात्र… प्रतिनिधिसभा बैठक बुधबार बस्दै भोटेकोशी बाढी : चार हजार २७० जनाको उद्धार, चार हजार ५९९ अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

डाटा हराएपछि लोकसेवा आयोगले फेरि माग्यो आवेदन



अ+ अ-

काठमाडौँ । लोकसेवा आयोगले हराएको डाटा रिकभर हुने वा नहुने यकिन नभएपछि फेरि दरखास्त आह्वान गरेको छ ।

आयोगको अनलाइन दरखास्त प्रणाली होस्ट गरिएको सरकारी एकीकृत डाटा सेनटरमा अवस्थित पूर्वाधारमा २०७९ फागुन २३ मा समस्या आएपछि जीआईडीसीबाट डाटा रिकभरीको काम भइरहेको आयोगको भनाइ छ । तर के कति डाटा रिकभरी हुने बारेमा यकिन नभएपछि आयोगले आगामी जेठदेखि परीक्षा सञ्चालन हुने गरी पुनः दरखास्तको आह्वान गरेको हो ।

आयोगले २०७९ मंसिर, पुस र माघ महिनामा प्रकाशित विज्ञापनहरुमा दरखास्त स्वीकृति भएका र स्वीकृत हुन बाँकी सबै उम्मेदवारहरुबाट मात्रै फेरि दरखास्तका लागि आह्वान गरिएको हो । यस्ता आवेदकले जेठ १८ गतेभित्र पुनः दरखास्त पेश गरिसक्नुपर्नेछ ।

आयोगले न्याय, परराष्ट्र, सामान्य प्रशासन, लेखापरीक्षण, संघीय संसद, सामान्य प्रशासनलगायतका सेवाका लागि विज्ञापन आह्वान गरेको थियो ।