काठमाडौँ । लोकसेवा आयोगले हराएको डाटा रिकभर हुने वा नहुने यकिन नभएपछि फेरि दरखास्त आह्वान गरेको छ ।
आयोगको अनलाइन दरखास्त प्रणाली होस्ट गरिएको सरकारी एकीकृत डाटा सेनटरमा अवस्थित पूर्वाधारमा २०७९ फागुन २३ मा समस्या आएपछि जीआईडीसीबाट डाटा रिकभरीको काम भइरहेको आयोगको भनाइ छ । तर के कति डाटा रिकभरी हुने बारेमा यकिन नभएपछि आयोगले आगामी जेठदेखि परीक्षा सञ्चालन हुने गरी पुनः दरखास्तको आह्वान गरेको हो ।
आयोगले २०७९ मंसिर, पुस र माघ महिनामा प्रकाशित विज्ञापनहरुमा दरखास्त स्वीकृति भएका र स्वीकृत हुन बाँकी सबै उम्मेदवारहरुबाट मात्रै फेरि दरखास्तका लागि आह्वान गरिएको हो । यस्ता आवेदकले जेठ १८ गतेभित्र पुनः दरखास्त पेश गरिसक्नुपर्नेछ ।
आयोगले न्याय, परराष्ट्र, सामान्य प्रशासन, लेखापरीक्षण, संघीय संसद, सामान्य प्रशासनलगायतका सेवाका लागि विज्ञापन आह्वान गरेको थियो ।