४ पुष २०८२, शुक्रबार
,
Latest
जेनजी आन्दोलनका सात जना घाइतेको वर्गीकरण सिफारिस राष्ट्रपति पौडेलद्वारा १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोजगारदाता र ट्रेड यूनियनबीच अझ बढी समझदारी र सहकार्य जरुरी : अध्यक्ष ढकाल



अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले रोजगारदाता र ट्रेड यूनियनबीच अझ बढी समझदारी र सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

आज १३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिँदै उहाँले उद्योग व्यवसाय सञ्चालन र यसबाट रोजगारीमा पर्न सक्ने प्रभावको न्यूनिकरण गर्न र सम्भावित समस्याको सामना गर्नुपर्ने कठिन समयमा रोजगारदाता र टे«ड यूनियनबीच अझ बढी समझदारी सहकार्यका लागि अपिल गर्नुभएको छ ।

श्रमिक आन्दोलनबाट प्राप्त उपलब्धी र औद्योगिक शान्ति स्थापनाको ऐतिहासिक क्षणको सम्झना स्वरुप मनाउँदै आइएको मे दिवसले सबैलाई संवाद र सहकार्यको माध्यमबाट सम्बन्ध विकास गर्न प्रेरित गरेको विश्वास लिएको उहाँको भनाइ छ ।

‘हामीबीचको सम्बन्धमा सुधार हुँदै गएको छ । यसलाई सकारात्मकरुपमा लिएका छौँ । सम्बन्धलाई बलियो बनाउन सहकार्य र सहयात्रामा जोड दिन चाहन्छु’, उहाँले भन्नुभयो । अहिले आफूहरु अनपेक्षित कठिन अवस्थामा रहेको भन्दैल उहाँले कोभिड महामारीबाट आर्थिक एवं सामाजिक क्षेत्रमा परेको प्रभावबाट बाहिर आउन लिइएको नीतिसँगै अर्थतन्त्र गतिशिल हुने अपेक्षाको समयमा विश्वव्यापी रुपमै देखिएको आर्थिक मन्दीले अर्थतन्त्र, उद्योग व्यवसाय र श्रम क्षेत्र अप्ठ्यारो अवस्थामा पुगेको बताउनुभयो ।

महासंघ रोजगारदाता परिषदका सभापति ज्योत्सना श्रेष्ठले श्रम सम्बन्ध सहज बन्दै गएको भन्दै संवाद र सहकार्यको थालनीबाट श्रम सम्बन्ध सुधार र श्रम विवादको संख्यामा निकै कमी आएको बताउनुभयो । उहाँले यस सन्दर्भमा दीगो औद्योगिक शान्ति स्थापनामा जोड दिनुभयो ।

अन्तर्राष्ट्रिय स्तरमै देखिएको आर्थिक मन्दिको कारण उद्योग व्यवसाय र आर्थिक गतिविधिमा उल्लेखनीय कमी आइ मुलुक आर्थिक संकटतर्फ उन्मुख भएको भन्दै उहाँले यसबाट आउने सम्भावित समस्या र चुनौतीको सामना गर्न थप समझदारी र सहयोग आवश्यक रहेको बताउनुभयो ।