१ असार २०८३, सोमबार
,
Latest
सङ्घीय निजामती ऐन तत्काल जारी गर्न लोक सेवा आयोगको आग्रह, एकल विश्वविद्यालय सेवा आयोग बनाउन… १८ दिन बितिसक्दा समेत मन्त्रालयगत बजेट विवरण सार्वजनिक नगरिएको भन्दै नेकपाले उठायो सरकारको पारदर्शितामाथि प्रश्न काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०८३\०८४ का लागि नीति तथा कार्यक्रम पारित भारतसँग देखिएको चिया निर्यात सम्बन्धि समस्या सरकारले तत्काल सम्बोधन गरोस्ः जयन्तिदेवी राई केन्द्रीय कानुन पुस्तकालय खारेज नगर्न बारको आग्रह शिक्षक सरुवासम्बन्धी नयाँ निर्देशन जारी, पदपूर्ति र बढुवा प्रक्रियामा कडाइ खर्च कटौतीका एक दर्जन प्रस्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न अपि हिमालको काखमा क्रिकेटः ‘खेलबाट खुल्दै पर्यटनको नयाँ ढोका’ गोकर्णेश्वरवासीलाई केएमसीमा उपचार गर्दा ५० प्रतिशतसम्म छुट कर्मचारी छनोटमा योग्यतासँगै नैतिकता र सदाचारिताको परीक्षण आवश्यकः सभापति ढकाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार महावीर पुन वार्ता: आजै ५ बजे टाेली सहित पुन: छलफल हुने



अ+ अ-

काठमाडौँ । ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन’ नाम दिएर सडक आन्दोलनमा होमिनुभएका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा महावीर पुनसँग सरकारले वार्ता गरेको छ ।

आइतबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा उपप्रधानमन्त्री पूर्णबहादुर खड्का र मुख्यसचिव शंकरदास वैरागीसँग आफूहरुको मागका बारेमा छलफल गर्नका आइतबारै अपराह्न ५ बजेसम्म वार्ता टोली गठन गर्ने र वार्ता सुरु गर्ने भन्ने निर्णय भएको पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिनुभएको छ ।

आविष्कार केन्द्रका संस्थापक पुनले ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’को कार्य अघि बढाउनु पर्ने तथा अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने नेपालीका लागि प्रत्येक वर्ष संघीय र प्रदेश सरकारले कम्तीमा १ प्रतिशत रकम छुट्याउनुपर्नेलगायतका माग राखेर आन्दोलन गरिरहनुभएको छ ।

गत २०७६ सालमा ल्याएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीतिमा पनि कोष स्थापना गर्ने परिकल्पना गरिएको तथा त्यसमा १ अर्ब रुपैयाँ राखेर नवप्रवर्तन कोष सञ्चालन गरिने भनिए पनि सो बारेमा सरकारले कुनै काम कारबाही अघि नबढाए पछि आक्रोशित पुन आन्दोलनमा होमिनुभएको हो ।

माइतीघर मण्डलामा भइरहेको अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि जारी सामाजिक आन्दोलन र धर्ना कार्यक्रमप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०, चिकित्सा सुधार अभियन्यता डा गोविन्द केसीलगायतले ऐक्यबद्धता जनाइसकेका छन् ।




भर्खरै