बुटवल । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देही खण्डमा सडक भासिँदा यातायात अवरुद्ध हुन पुगेको छ ।
बुटवल–देवदह सडक खण्डमा पर्ने चरङ्गे नजिकै डाइभर्सन गरेको सडक भासिएको हो ।
मध्यान्ह साढे १२ बजेदेखि सडक अवरुद्ध भएको बताइएको छ । सडक भासिएपछि गन्तव्यमा हिंडेका सवारी साधन दुवैतर्फ अलपत्र परेका छन् ।
राजमार्ग विस्तारको क्रममा चार लेनको पुल बनाउन सो ठाउँमा सवारी ओहोरदोहोर गर्न डाइभर्सन बनाइएको थियो ।