२७ भाद्र २०८३, शनिबार
,
Latest
युएईलाई हराउँदै नेपाललाई एसीसी प्रिमियर कपको उपाधि देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

बर्षाले गर्दा नेपाल र कुवेतको खेल रोकियो, नेपाल फाइनल पुग्ने सम्भावना



अ+ अ-

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत जारी नेपाल र कुवेतबीचको खेल पुनः पानी परेपछि रोकिएको छ । त्रिवि क्रिकेट मैदानमा जारी दोस्रो इनिङमा ८.३ ओभरकाो खेल भइरहँदा पानी परेपछि रोकिएको हो ।

नेपालले दिएको २ सय ८२ रनको लक्ष्य पछ्याएको कुवेतले ८ ओभरमा ६ विकेटको क्षतिमा ३७ रन मात्रै बनाएको छ । यदि पानी परेर डीएल मेथडमा खेल गएपनि कुवेतले जितको लागि २० ओभरमा १ सय ९४ रन बनाउनु पर्ने हुन्छ ।

कुवेतका ६ ब्याटर दोहोरो अंकमा रन बनाउन नसकी आउट हुँदा नेपालका तीव्र गतिका बलर करण केसीले मात्रै पाँच विकेट लिइसकेका छन् । यस्तै सोमपाल कामीले एक विकेट लिएका छन् ।