५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले कुवेतलाई जितको लागि २८२ रनको विशाल लक्ष्य दियो



अ+ अ-

काठमाडौँ । एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा नेपालले कुवेतलाई फाईनल प्रवेशको लागि २८२ रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४२ ओभरमा ९ विकेट गुमाउँदै २ सय ८१ रन बनायो । नेपालको विशाल योगफलको लागि कप्तान रोहित पौडेलले उनले ९५ बलमा ७ चौका र तीन छक्कको सहयोगमा ९४ रन बनाए । सोमपाल कामि १३ रन बनाएर नटआउट रहे ।

कुशल मल्ल ४४ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ५७ रन बनाउदै आउट भए । उनी कुवेतका साहिव मोनिदको बलमा आउट हुन पुगे ।

नेपालका ओपनर कुशल भुर्तेल ३९ बलमा ७ चौका र १ छक्कासहित ४३ रनमा आउट भए । उनी स्पिनर आदनान इद्रिसको ११ औं ओभरको पाँचौं बलमा यासिन पटेलबाट क्याच आउट हुन पुगे। यस्तै, अर्का ओपनर आसिफ शेख २८ बलमा १ चौका र ३ छक्कासहित ३१ रनमा क्याच आउट भए । आसिफ र भुर्तेलले ७७ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए ।

आरीफ शेख १९ रन बनाएर रनआउट हुदा भीम सार्की एक रनमा क्याच आउट भए ।

कुवेतका मोहम्मद असलाम र अदनानले समान तीन विकेट लिए । यस्तै, यासिन पटेल र सायन मोनिबले समान एक एक विकेट लिए ।