२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बर्षाले रोकिएको नेपाल र कुवेतको खेल सुरु हुँदै



अ+ अ-

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत बर्षाको कारणले रोकिएको सेमिफाइनल पुनः सुरु हुन लागेको छ ।

टियू मैदान आसपास क्षेत्रमा आकाश खुल्दै गएपछि खेललाई पुनः सुचारु गर्न लागेको हो ।

सेमिफाइनलअन्तर्गत जारी नेपाल र कुवेतको खेल बर्षा बाधक बनेपछि रोकिएको थियो ।तर, अहिले मैदान ढाकिएको कभर हटाउन थालिएको छ । मैदानमा घामको पुनः स्पर्श भएपछि समर्थकहरु उत्साहित बनेका छन् ।

नेपालका लागि कप्तान रोहित पौडेल र कुशल मल्ल क्रिजमा छन् ।रोहितले ४० बलमा २ चौकासहित ३० रन बनाएका छन् भने कुशलले ३० बलमा ४ चौका र १ छक्कासहित ३२ रन बनाएका छन् । चौथो विकेटका लागि कुशल मल्ल र रोहित पौडेलले ६१ रनको अविजित साझेदारी गरेका छन् ।

नेपालले २३.२ ओभरमा तीन विकेटको क्षतिमा १४१ रन बनाएको छ ।