२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापा घटनाबारे गोकुल बाँस्कोटा– ओलीको हत्या गराउन खोजेको हो ?



अ+ अ-

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले अध्यक्ष केपी शर्मा ओलीको हत्या गर्न खोजेको हो भन्दै प्रश्न गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले झापा घटनामा गृहमन्त्रीलाई समेत जानकार भई सरकार मौन बसेको आरोप लगाए ।

‘गृहमन्त्रीले झापा घटनाको बारेमा संवेदनशील भएको जनाउँ त दिनुभयो । तर, सोध्न चाहन्छु त्यो घटना हुँदैछ भनेर गृहमन्त्रीलाई थाहा छ । सभामुखको च्याम्बरमा प्रतिपक्षी दलले आफूले पाएको सूचना शेयर गरेको छ । सरकारको नियत र उद्देश्य के ?’, उनले भने ।

सांसद बास्कोटाले प्रदेश १ को नामकरण ओलीले नभएर प्रदेशसभाले गरेको प्रष्ट पारे । उनले भने, ‘केपी ओली एमालेको अध्यक्षमात्र होइन । यो मुलुकको दुई–दुईपटकको पूर्वप्रधानमन्त्री हो । उहाँको ऐतिहासिक योगदान छ । अब यो देशको अर्को मान्छेले चीनसँग अर्को सम्झौता गर्नुपर्दैन । त्यसका निम्ति अर्को कदम उठाउनु पर्दैन । के उहाँको हत्या गराउन खोजेको हो ?’

उनले प्रधानमन्त्रीको पार्टीले मान्छेले अन्तर्राष्ट्रिय जाति हुनेछ भनेर गीत गाउँदै हिँडेको टिप्पणी गरे । ‘बाहुन भेटे बाम्सालिङ, तामाङ भेटे ताम्लासिङ, नेवार भेटे नेवाः, गुरुङ भेटे तमुवान भन्दै हिँडेको परिणाम आज आफ्नै कार्यकर्ता सम्हाल्न सक्नुभएन । नेपाल बहुभाषिक, बहुसांस्कृतिक देश हो ।’, उनले भने, ,हिजो धतुरो रोप्नुभएको थियो, आज सुन्तला फलेन ।’