५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापा घटनाबारे गोकुल बाँस्कोटा– ओलीको हत्या गराउन खोजेको हो ?



अ+ अ-

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले अध्यक्ष केपी शर्मा ओलीको हत्या गर्न खोजेको हो भन्दै प्रश्न गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले झापा घटनामा गृहमन्त्रीलाई समेत जानकार भई सरकार मौन बसेको आरोप लगाए ।

‘गृहमन्त्रीले झापा घटनाको बारेमा संवेदनशील भएको जनाउँ त दिनुभयो । तर, सोध्न चाहन्छु त्यो घटना हुँदैछ भनेर गृहमन्त्रीलाई थाहा छ । सभामुखको च्याम्बरमा प्रतिपक्षी दलले आफूले पाएको सूचना शेयर गरेको छ । सरकारको नियत र उद्देश्य के ?’, उनले भने ।

सांसद बास्कोटाले प्रदेश १ को नामकरण ओलीले नभएर प्रदेशसभाले गरेको प्रष्ट पारे । उनले भने, ‘केपी ओली एमालेको अध्यक्षमात्र होइन । यो मुलुकको दुई–दुईपटकको पूर्वप्रधानमन्त्री हो । उहाँको ऐतिहासिक योगदान छ । अब यो देशको अर्को मान्छेले चीनसँग अर्को सम्झौता गर्नुपर्दैन । त्यसका निम्ति अर्को कदम उठाउनु पर्दैन । के उहाँको हत्या गराउन खोजेको हो ?’

उनले प्रधानमन्त्रीको पार्टीले मान्छेले अन्तर्राष्ट्रिय जाति हुनेछ भनेर गीत गाउँदै हिँडेको टिप्पणी गरे । ‘बाहुन भेटे बाम्सालिङ, तामाङ भेटे ताम्लासिङ, नेवार भेटे नेवाः, गुरुङ भेटे तमुवान भन्दै हिँडेको परिणाम आज आफ्नै कार्यकर्ता सम्हाल्न सक्नुभएन । नेपाल बहुभाषिक, बहुसांस्कृतिक देश हो ।’, उनले भने, ,हिजो धतुरो रोप्नुभएको थियो, आज सुन्तला फलेन ।’