४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर

कर्मचारीलाई तलव खुवाउन नसक्ने अवस्थामा अयोग्य लडाकुको नाममा राज्यकोष रित्याउने चलखेल हुँदैछ– एमाले

कर्मचारीलाई तलव खुवाउन नसक्ने अवस्थामा अयोग्य लडाकुको नाममा राज्यकोष रित्याउने चलखेल हुँदैछ– एमाले
अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले माओवादीका अयोग्य लडाकुहरुलाई दुई लाखका दरले राहत उपलब्ध गराउने सरकारको निर्णय तत्काल खारेज गर्न माग गरेको छ ।

शुक्रबार प्रतिनिधिसभा बैठकको सुरुमै बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले मुलुकको आर्थिक अवस्था भयावह भएको बेला सरकारले सो निर्णय गरेको भन्दै तत्काल खारेज गर्न माग गर्नु भएको हो ।

उहाँले राज्यकोषबाट दोहन गरी माओवादी अयोग्य लडाकुको नाममा कार्यकर्तालाई पोस्ने गरी सो रकम दिने निर्णय आफ्नो पार्टीलाई कुनै पनि हालत स्विकार्य नहुने बताउनु भयो । सरकारले सो निर्णय तत्काल खारेज नगरे आफ्नो पार्टी त्यसको विरुद्धमा जस्तोसुकै कदम चाल्न पनि बाध्य हुने प्रमुख सचेतक गिरीको चेतावनी थियो । उहाँले शान्ति प्रक्रियाका बाँकि कामलाई पूरा गराउन सरकार नलागेको आरोप समेत लगाउनु भयो ।

प्रमुख सचेतक गिरीेले भन्नु भयो, ‘सम्माननीय सभामुख महोदय, हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीमाथि कार्यकर्ता भेलामा जाने क्रममा त्यहाँ केही अवाञ्छित गतिविधि भएका छन । पार्टी अध्यक्षमाथि लक्षित गरी ढुंगामुडा गरिएको छ । शान्ति भंग गर्ने प्रयास गरिएको छ । प्रहरी इन्स्पेक्टरको टाउको फुटाईएको छ । र, १७ वटा टाँका लगाइएको छ । प्रहरी हवल्दार मरसन्न अवस्थामा छन । यस्तो अवाञ्छित गतिविधि गर्नेहरुलाई अहिले प्रहरीले हिरासतमा लिएको त सुनिएको छ । तर, त्यहाँ सत्तापक्षका मानिसहरुको दवावमा छोडने काम हुँदैछ भन्ने पनि सुनिएको छ । यस्तो गलत काम गर्ने काममा सरकार उद्दत नहोस् भन्ने पनि प्रमुख प्रतिपक्ष दलको तर्फबाट म सचेत गराउन चाहन्छु । र, यो घटनाको घोर निन्दा र भत्सर्ना पनि गर्न चाहन्छौं ।’

‘सभामुख महोदय देशको अर्थतन्त्र संकटग्रस्त छ । भयावह अवस्थामा छ । हामी सबैलाई थाहा छ सभामुख महोदय । आज राज्यकोषमा रकम नभएको भन्दै ८० अर्व भन्दा बढि विभिन्न आयोजनाहरुलाई दायित्व भूक्तानी दिनुपर्ने अवस्था छ । १५ अर्व शिक्षक र कर्मचारीहरुलाई पेन्सन दिन दायित्व भुक्तानी बाँकि छ । ५ अर्व वृद्धवृद्धाहरुलाई अहिले सामाजिक सुरक्षा भत्ता दिन सरकारले बाँकि नै छ । ५ अर्व भन्दा बढि विमा र विपन्न कार्यक्रम अन्तरगत राज्यले दायित्व भुक्तानी गर्नुपर्नेछ । जसका कारणले विमितहरुले उपचार नगर्न नपाईरहेको अवस्था छ । २० अर्व राज्यले तिर्नुपर्ने साँवा र ब्याँज तिर्न नसकेको अवस्था छ । यस्तो दूरावस्था छ, सभामुख महोदय । र, अहिले अनिवार्य दायित्व १ खर्व २० अर्व भन्दा बढि छ । यस्तो भयानक स्थित हाम्रो अगाडि छ सभामुख महोदय ।’

‘अहिले सुन्दैछु, हामी सुन्दैछौं–हिजो मात्रै क्याविनेटबाट एउटा निर्णय भएको छ । स्थानीय र प्रदेश सरकारलाई दिने समानिकरण अनुदानमा ५० प्रतिशत बजेट कटौति गरिएको छ । जसले गर्दा अहिले प्रदेश र स्थानीय तहका सम्पूर्ण योजनाहरु कार्यान्वयन नहुने अवस्थामा पुगेका छन । त्यहाँका कर्मचारुी तलव खान नसक्ने अवस्थामा पुगेका छन । र, नियमित काम पनि हुन नसक्ने अवस्थामा पुगेको छ । यस्तो अवस्थामा देश जाँदैछ सभामुख महोदय । तर हामीले सुन्नु परेको छ । आज माओवादीका अयोग्य लडाकुको नाममा करिव ४८ सय भन्दा बढि व्यक्तिहरुलाई राज्यकोषबाट, ढुकुटीबाट २/२ लाख नगद निकालेर बाँडने खालको चलखेल हुँदैछ ।’

‘र, कार्यविधि बनाएर पैसा बाँडिदै छ भन्ने सुनिएको छ । हामीलाई भन्नुपर्ने कुरा के छ भने सभामुख महोदय, १ अर्व ४० करोड रुपैयाँ शान्ति प्रक्रियाका बाँकि काम पूरा गर्नका लागि चालू आर्थिक वर्षमा छुट्टयाइयो । तर आज सत्य निरुपण तथा मेलमिलापको काम थाति राखिएको छ । त्यतातर्फ सरकारको चिन्ता छैन । त्यसबाट पैसा निकालेर धमाधम कार्यकर्ताहरुलाई लडाकुहरुको नाममा पैसा बाँडिन्छ । हाम्रो प्रश्न छ सरकारलाई सभामुख महोदय । हिजो अनमिनले प्रमाणीकरण गरेका लडाकुहरु पछि पुन प्रमाणीकरण हुँदाखेरी त्यतिखेर २४५१ जना को थिए भन्ने एकिन गर्न सकिएन । ती व्यक्ति कहाँ हराए ? थाहा भएन ।’

‘तिनका नाममा ९५ करोड रुपैयाँ पैसा तत्कालीन माओवादी नेतृत्वले त्यो पैसा लिएर गयो । त्यो पैसा कहाँ गयो ? महालेखा परीक्षकको प्रतिवेदनमा प्रश्न उठेको छ । त्यसको जवाफ आज पनि अनुत्तरित अवस्थामा छ । हामी भन्छौं–शान्ति प्रक्रियाका बाँकि काम पूरा गर्न नसोच्ने । त्यहाँ भन्दा अगाडि बढन नचाहने । अनि, देशको ढुकुटीबाट दिनहुँ पैसा निकालेर लिएर जाने, गरिवले नुन किनेर खान सक्ने अवस्था छैन । तेल, चिनी किनेर खान सक्ने अवस्था छैन । तरकारी किनेर लगेर खान सक्ने अवस्था छैन ।’

‘गरिव मर्ने स्थिति पुगिसकेको छ । तर राज्यसत्ताबाट यस्तो प्रकारको दोहन हुँदै छ कि आज देश दिनदहाडै लुटिएको छ सभामुख महोदय । त्यस्तो कुरा हामीलाई कुनै पनि हालतमा स्विकार्य छैन । र, यो निर्णय तत्काल खारेज होस भन्ने कुरा हामीले माग गरिरहेका छौं । यो कुरालाई सुन्ने काम भएन भने, यसलाई नजरअन्दाज गर्ने यसको विरुद्धमा जस्तोसुकै कदम उठाउन पनि हामी तयार छौं भन्ने कुरा म राख्न चाहन्छु सभामुख महोदय ।’

प्रमुख सचेतक गिरीले झापामा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा सत्ता पक्षकै मिलेमतोमा आफ्ना पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि ढुंगामुडा प्रहार गर्ने कोशिस गरिएको भन्दै निन्दा र भत्सर्ना गर्नु भयो । उहाँले घटनामा संलग्नहरुलाई सत्तापक्षले उन्मुक्ति दिने प्रयास गरिरहेको भन्दै आक्रोश समेत व्यक्त गर्नु भयो ।