११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह

एसईईका विद्यार्थीले ग्रेडवृद्धि परीक्षा दिन नपाउने

एसईईका विद्यार्थीले ग्रेडवृद्धि परीक्षा दिन नपाउने
अ अ+ अ-

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा अर्थात् (एसईई) का विद्यार्थीले यो वर्ष पुरक ग्रेडवृद्धि परीक्षा दिन नपाउने भएका छन् ।

कोरोना महामारीका कारण एसईईको नतिजा विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा सार्वजनिक हुने भएपछि ग्रेडवृद्धि परीक्षा सञ्चालन नहुने भएको हो र 

राष्ट्रिय परीक्षा बोर्डका अनुसार यो वर्ष नतिजा प्रकाशन पश्चात उत्तरपुस्तिका पुनर्योग गराउने, उत्तरपुस्तिका हेर्ने, उत्तरपुस्तिका पुनः परीक्षण गराउने र पुरक ग्रेडवृद्धि परीक्षा नहुने भएको छ । 

यसअघिबोर्डले परीक्षा सञ्चालन गरेका बेला विद्यार्थीले ग्रेडवृद्धि परीक्षाको अवसर पाउने गर्ने ।

एसईईको विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७८ मा विद्यार्थीको अन्तिम मूल्यांकनका लागि विद्यालयले प्रधानाध्यापकको नेतृत्वमा अंग्रेजी, गणित र विज्ञान शिक्षक तथा वरिष्ठ शिक्षक सम्मिलित पाँच सदस्यीय मूल्यांकन समिति गठन गर्न सक्नेछन् । 

सैद्धान्तिकतर्फ कुनै पनि विषयमा ८० प्रतिशत भन्दाबढी अंक दिँदा सम्बन्धित विषयगत शिक्षकले कैफियत महलमा ठोस कारण खुलाउनुपर्नेछ । 

कोरोानाका कारण यो वर्ष पनि (लगातार दोस्रो वर्ष) एसईईको नतिजा विद्यालयको आन्तरिक मूल्यांकनबाट गर्न लागिएको हो ।