२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढ्याउॅ गरेर डकारीरहेको सिंहदरबारलाई छाक टार्न अरुले किन बोक्ने: माओबादी नेता सापकोटा



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका यूवा नेता तथा वाईसियल ईन्चार्ज राम प्रसाद सापकोटा “दीपशिखा”ले ढ्याउॅ गरेर डकारीरहेको सिंहदरबारलाई छाक टार्न लडिरहेका तलकाहरूले संधै बोक्न नसक्ने जनाउनु भएको छ ।

उप चुनाबको परिणाम पछि सामाजिक संञ्जालमा उहाँले लेख्नु भएको छ सरकार असफल हॅुदा माओवादी पनि सकिन्छ, जुन उचाईबाट सरकारको कार्यसम्पादन हुनुपर्ने हो, भईरहेको छैन ।

उहाँले लेख्नुभएको छ यतिबेला मात्रै सरकार सफल हुन्छ जतिबेला जनता, कार्यकर्ता र नेतालाई आफ्नो जस्तो लाग्छ । उप निर्वाचनम माओबादी केन्द्रले कुनै पनि निर्वाचन क्षेत्रा उम्मेदबार उठाएको थिएन भने सत्ता गठबन्धनले समर्थन गरेका दुई उम्मेदबारहरु फराकिलो मतान्तरमा पराजित भएका छन् ।