काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४९९ जना कोरोना संक्रमित थपिएका छन् ।
थपिनेमा काठमाडौंमा ३५४, भक्तपुरमा ७९ र ललितपुरमा ६६ जना रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा अहिले सक्रिय स्रक्रमितको संख्या १२ हजार ७२२ जना रहेको छ ।








