२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवन–२ अपडेटः रामप्रसादको झिनो अग्रता



अ+ अ-

काठमाडौं । चितवन–२ को उपनिर्वाचनको मतगणना जारी छ ।

प्रारम्भिक मतगणनामा एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले रास्वपाका रवि लामिछानेमाथि झिनो अग्रता बनाएका छन् ।

इच्छाकामना गाउँपालिकाको मतगणनामा न्योपानेले ३६७ मत ल्याएर अग्रता बनाएका हुन् । दोस्रो स्थानमा रास्वपाका लामिछानेको ३१९ मत छ । यस्तै, कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले २४४ मत ल्याएर तेस्रो स्थानमा छन् ।

हाल इच्छाकामनाको हात्तीवङ र भार्लाङको मतगणना जारी छ ।