धनुषा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियालाई आज धनुषामा १०१ किलोको मालाले स्वागत गरिएको छ ।
मन्त्री बनेपछि पहिलो पटक गृहजिल्ला आएका मन्त्री यादवलाई जनकपुरधाममा नेता तथा कार्यकर्ताले १०१ किलोको मालाले स्वागत गरेका हुन् ।
उनलाई जसपा महन्थ ठाकुर पक्षका नेता, कार्यकर्ता र नेकपा एमालेका युवा नेताहरुले स्वागत गरे पनि कार्यक्रम स्थलमा भने जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव निकटका नेताहरुको उपस्थिति रहेको थिएन ।
उनले प्रादेशिक अस्पताल जनकपुरलाई भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर र आईसीयुमा चाहिने स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।
उनले आजै जानकी मन्दिरमा पूजापाठ पनि गरे ।








