५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल–बेलायत द्विपक्षीय परामर्श संयन्त्रको बैठक बुधबार



अ+ अ-

काठमाडौं । नेपाल र संयुक्त अधिराज्य बेलायत द्विपक्षीय परामर्श संयन्त्र (बीसीएम) को छैटौँ बैठक यही वैशाख १३ गते ९२६ अप्रिल, २०२३० मा लण्डनमा हुने भएको छ ।

बैठकमा विकास साझेदारी र जलवायु सहयोग, व्यापार तथा लगानी, शिक्षा, पर्यटन र दुई देशका जनताबीचको सम्बन्ध, ब्रिटिश गोर्खालगायत नेपाल–बेलायत संलग्नताका विविध क्षेत्रको समीक्षा हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले गर्नुहुनेछ भने प्रतिनिधिमण्डलमा नेपाल सरकारका वरिष्ठ अधिकारीसमेत रहनुहुनेछ ।

यो वर्ष नेपाल र बेलायतबीचको मैत्रीसन्धिको शताब्दी पूरा भएको छ । भ्रमणका दौरान परराष्ट्र सचिव पौड्याल अन्य औपचारिक भेटघाट तथा कार्यक्रममा पनि संलग्न हुनुहुने मन्त्रालयले जनाएको छ । रासस