२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँमा उपनिर्वाचनः ५२ प्रतिशत मत खस्यो



अ+ अ-

तनहुँ । तनहुँ निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभाका लागि आइतबार भएको उपनिर्वाचनमा ५२ प्रतिशत मत खसेको छ । बिहान ७ देखि सुरु भएको मतदान दिउँसो सवा ५ बजेसम्म भएको हो ।

मतदानका लागि ६९ मतदानस्थल र एक सय ५२ मतदान केन्द्रमा एकै साथ मतदान सुरु गरिएको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो । शान्त र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न एक हजार तीन सय ६८ जना कर्मचारी परिचालन गरिएको थियो ।

मतदान केन्द्रहरूमा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, अशक्त अवस्थाका मतदाताका लागि सहज व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिनुभयो । तनहुँ निर्वाचन क्षेत्र नं १ मा ५ वडा पालिकाका ४२ वटा वडामा मतदान हुनेछ ।

उक्त क्षेत्रमा महिलातर्फ ६३ हजार सात सय ६५ र पुरुषतर्फ ५९ हजार पाँच सय ४० गरी कूल एक लाख २३ हजार तीन सय पाँचजना मतदाताले मतदान छन् ।