२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोरी पैठारी गरी नेपालतर्फ ल्याउँदै गरेको रु ३६ लाख बराबरको सामान बरामद



फाईल फोटो
अ+ अ-

नवलपुर । भन्सारबाट चोरी पैठारी गरी नेपाल भित्र्याएको विभिन्न सामग्री जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले बरामद गरेको छ ।

सुरक्षा जाँच गर्ने क्रममा शुक्रबार साँझ भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको करिब रु ३६ लाख बराबरको सामग्रीसहित ग२ख १५०३ नंको ट्रक प्रहरीले बरामद गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सन्तोष पठकले प्रहरीले सुरक्षा जाँच गर्ने क्रममा भन्सार चोरी पैठारी गरी ल्याइएको कुर्ता सुरुवाल, सल, टप्स, कुर्ता सेट, लाइटर, हुक्का फेलेवर, गोट्टीवाला रेन्ची, पूजा थाली, विभिन्न ब्रान्डका एन्ड्रोयड मोबाइल फोन, शरीरमा लगाउने अत्तर, तेल, मालाको दाना, केमिकल, रोलगोलको तिलहरि, झुम्का, चन्द्रमा, मङ्गलसुत्र पोते, ब्रासलेट, सिरबन्दी रानीहार, सेतो माला औँठी, बाला, साडी, ढाकाको कपडा, ४५ किलो दरको युरिया मल दुई सय २० बोरा बरामद गरेको जानकारी दिनुभयो ।

प्रहरीले शुक्रबार बरामद गरेको सामग्रीको मूल्य अन्दाजी रु ३५ लाख ९१ हजार २२ रहेको पाठकले बताउनुभयो । प्रहरीले बरामद गरेको सामग्रीसहित ट्रकलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्लाको त्रिवेणी भन्सार कार्यालय पठाइएको पाठकले जानकारी दिनुभयो । साथै प्रहरीले चालु आर्थिक वर्षको हालसम्म अवैध सामग्री बरामद गरी रु पाँच करोड एक लाख ७७ हजार राजस्व सङ्कलन गर्न सफल भएको पाठकले बताउनुभयो ।रासस




भर्खरै