११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह

प्रधानमन्त्रीबाट सरकारको कुप्रचार गर्नेहरु विरुद्ध प्रतिवाद उत्रन मन्त्रीहरुलाई निर्देशन (भिडियो सहित)

प्रधानमन्त्रीबाट सरकारको कुप्रचार गर्नेहरु विरुद्ध प्रतिवाद उत्रन मन्त्रीहरुलाई निर्देशन (भिडियो सहित)
अ अ+ अ-

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कुप्रचार गर्नेहरु विरुद्ध प्रतिवादमा उत्रिन मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ ।  प्रधानमन्त्री ओलीले बुधबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को छैठौं बैठकलाई सम्बोधन गर्दै सरकारका विरुद्धमा विरोधीहरुले कुप्रचार गरेको भन्दै त्यसको प्रतिवादमा उत्रिनका लागि निर्देशन दिनुभएको हो ।

विरोधीहरु आक्रमक ढंगले प्रस्तुत भएको भन्दै उहाँले सरकारको कामको प्रचार प्रसार गर्न र विरोधीको खण्डन गर्न आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो – ‘हरेक मन्त्रीहरुलाई सरकारको कामको प्रचार गर्न र विरोधीको खण्डन गर्न र आफ्ना काम र उपलब्धीहरुको डिफेन्ड गर्न अनुरोध छ ।’ प्रधानमन्त्री ओलीले यत्रो समय कटाएको भएपनि सरकार ढाल्न नसकेर अदालतको साहारा लिन पुगेको टिप्पणी पनि गर्नुभयो ।

उहाँले यस वर्ष अघिल्ला वर्षहरुमा जस्तो तराइ डुबानमा नपर्ने पनि बताउनुभयो । नेपाल भारत सिमा क्षेत्रमा लगाएको बाँध पहिले खुल्ला नछोडिने गरेका कारण डुबान भएको भन्दै उहाँले यसवर्ष बाँधलाई खोलिएको बताउनुभयो । अन्य विभिन्न ठाउँमा पनि बाँध खोलिदै जाने उहाँले बताउनुभयो । बाँधका कारण नेपाली भुमि डुबानमा पर्ने विषयमा सर्वे गर्न संयुक्त टोली आवश्यक रहेको र त्यसनिम्ति काम गर्न पनि प्रधानमन्त्री ओलीले निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो – ‘जुन डुबान क्षेत्रहरु हो त्यहाँ हामीले अलिकति खोलेका छौँ । अरु ठाउँहरुमा पनि खोल्दै जानु आवश्यक छ । यसका निम्ति संयुक्त टोलीले सर्भे गर्ने, संयुक्त टोलीले निर्णय गर्ने र संयुक्त टोलीलाई खटाउनुपर्ने यहीँ बेला हो । सिमावर्ती क्षेत्रका बाँध, जसबाट नेपालको भुमि डुबानमा परेको छ त्यो कुरा संयुक्त टोलीले हेर्ने विषयतर्फ कार्य गर्न सक्छौँ ।’
प्रधानमन्त्री ओलीले सरकारले चुरे दोहन गर्न नखोजेको स्पष्ट पार्नुभयो ।

सरकार चुरेको संरक्षणका लागि ठोस योजनाका साथ लागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘हामीले चुरे दोहन नहोस् भन्नका लागि बजेटमा चुरे दोहन नगर्ने, चुरेको दोहनलाई रोक्ने, त्यहाँबाट ढुंगा, बालुवा, गिट्टी आदी निकाल्ने काम रोक्ने, खानि पत्ता लगाउने त्यो खानी उपयुक्त छ की छैन वातावरणीय सर्भे गर्ने, वातावरण अनुकुल हुन्छ कि हुँदैन वातावरणीय सर्भे गरेर अनिमात्रै खानिबाट गिट्टी बालुवा निकाल्ने ।

अब बढी भयो भनेदेखि त हामीले विक्रि पनि गरेर व्यापार पनि गर्न सक्छौँ त्यसमा भन्ने कुरा हो । त्यो कुनै अनौठो कुरा होइन । हामीले चुरेको संरक्षण गर्न खोजेको । हामी चुरे विनास होइन चुरेको संरक्षण गर्न लागि पर्याछौँ । चुरेको संरक्षण गरिन्छ । ठोस योजनाका साथ हामी लाग्या छौँ ।’ उहाँले अहिले नयाँ बाटो बनाउने काम जोखिमयुक्त भएकाले भदौँसम्म नयाँ बाटो खन्ने तथा पहाडहरु भत्काउने काम रोक्नुपर्ने पनि बताउनुभयो ।