२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
राष्ट्रपति रनिङ सिल्डमा बागमती टिम च्याम्पियन विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपको सफलताः रासिद खानको कीर्तिमान सन्दीपले तोडे



अ+ अ-

काठमाडौँ । नेपाली टोलीका लेग स्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा सर्वाधिक छिटो १०० विकेट लिने खेलाडीको कीर्तिमान बनाएका छन् ।

एसीसी प्रिमियर कप अन्तर्गत ओमानविरुद्धको खेलमा विकेट लिँदै सन्दीपले उक्त कीर्तिमान बनाएका हुन् । सन्दीपले ४२ खेलमा सय विकेटको लक्ष्य भेटाए ।

उनले अफगानिस्तानका बलर रासिद खानको ४४ खेलमा बनाएको सर्वाधिक छिटो विकेटको कीर्तिमान तोडेका हुन् ।

सबैभन्दा छिटो ओडीआईमा सय विकेट पूरा गर्ने खेलाडीको पहिलो नम्बरमा रासिद खान थिए । अब, सन्दीप पहिलो स्थानमा रहँदा रासिद खान दोस्रोमा झरेका छन् ।

यस्तै, अस्ट्रेलियाका मिचेल स्टार्क रहेका तेस्रो स्थानमा रहेका छन् । स्टार्कले ५२ खेलमा सय विकेट लिएका थिए ।