५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुशलको शानदार शतकमा ओमानलाई ३११ रनको लक्ष्य



अ+ अ-

काठमाडौ । एसीसी प्रिमियर कपमा कुशल मल्लको शानदार शतकमा नेपालले ओमानलाई ३११ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३१० रन बनायो ।

नेपालको लागि कुशल मल्लले शानदार शतकिय ईनिङ खेले । कुशलले ५९ बलमा सतक पुरा गरेका थिए । उनी नेपालका लागि सबैभन्दा थोरै बलमा सतक बनाउने खेलाडी बनेका छन् । आक्रामक ब्याटिङ गरेका उनी ६४ बलमा ९ चौका र १० छक्का प्रहार गर्दै १०८ रनमा आउट भए ।

यस्तै नेपालका लागि सोमपाल कामीले ४८ बलमा ६३ रनको अविजित अर्धशतकीय ईनिङ खेले । सोमपालले ४९ बलमा ७ चौकाको सहयोगमा अर्धशतक बनाएका थिए । करण केसी पनि १५ बलमा २९ रन बनाउँदै अविजित रहे ।

सुरुआत राम्रो हुन नसकेको नेपालका मध्येक्रमका ब्याटरहरुले राम्रो साझेदारी गरेर नेपाललाई बलियो स्थितिमा पुर्याएका थिए ।

टिमको स्कोर शुन्य रनमा रहँदा दुवै ओपनर गुमाएको नेपालले २८ औं बलमा रनको खाता खोलेको थियो । तेस्रो विकेटका लागि कप्तान रोहित पौडेल र भिम सार्कीले ५४ रनको साझेदारी गरेका थिए । रोहितले २३ रनमा आउट हुँदा भिमले ३३ रन बनाए ।

पाँचौ विकेटका लागि कुशल मल्ल र आरिफ शेखले ७५ रनको साझेदारी गरेका थिए । आरिफ २९ रन बनाउँदै आउट भएका थिए ।

ओमानका लागि आयान खानले २ विकेट लिए भने बिलाल खान,कलिमुल्लाह खान,जिशान मकशुद,फायाज बट र जतिन्दर सिंहले समान १र१ विकेट लिए ।