४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय

आईपीएलः लगातार पाँच खेलको हारपछि दिल्लीले खाता खोल्यो

आईपीएलः लगातार पाँच खेलको हारपछि दिल्लीले खाता खोल्यो
Mitchell Marsh of Delhi Capitals celebrates the wicket of Venkatesh Iyer of Kolkata Knight Riders during match 28 of the Tata Indian Premier League between the Delhi Capitals and the Kolkata Knight Riders held at the Arun Jaitley Stadium, Delhi on the 20th April 2023 Photo by: Ron Gaunt / SPORTZPICS for IPL
अ+ अ-

एजेन्सी । आईपीएल २०२३ को २८ औं खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई चार विकेटले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा १२७ रन बनाएको थियो । जेसन रोयले ३९ बलमा ४३ रन र आन्द्रे रसेलले ३१ बलमा ३८ रनको अविजित इनिङ खेले । जवाफमा १२८ रनको लक्ष्य पछ्याएको दिल्लीको टोली एक समय सहजै जिततर्फ अघि बढिरहेको थियो ।

डेभिड वार्नर ५७ रन बनाएर आउट भए । तर, यसपछि पनि नियमित विकेटहरू ध्वस्त भइरहँदा कोलकाता खेलमा फर्कियो । अन्त्यमा दिल्लीलाई ६ बलमा ७ रन आवश्यक थियो । अक्षर पटेलले जित दिलाए । अक्षरले २२ बलमा १९ रनको अविजित इनिङ खेले । यस्तै, ललित यादवले चार रन बनाएर अविजित रहे ।

कोलकाताको इनिङ्स
टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताको टोली २० ओभरमा १२७ रनमा समेटिएको थियो । कोलकाताको सुरुवात निकै खराब रह्यो र टोलीले सुरुदेखि नै नियमित अन्तरालमा विकेट गुमायो । लिटन दास चार रन, कप्तान नितिश राना चार रन, मनदीप सिंह १२ रन, रिंकु सिंह ६ रन र सुनिल नारायण चार रन बनाएर आउट भए । वेंकटेश अय्यर र अनुकुल रोयले खाता खोल्न पनि सकेनन् ।

एक समयमा कोलकाताले ९६ रनमा ९ विकेट गुमाएको थियो । यी ९६ मध्ये ४३ रन जेसन रोयका थिए । जेसनले ३९ बलमा ५ चौका र एक छक्काको मद्दतले ४३ रनको इनिङ खेले । कुलदीप ह्याट्रिक गर्नबाट चुके । उनले १५ औं ओभरमा लगातार दुई बलमा दुई विकेट लिए । कुलदीपलेजेसनलाई अमन खानबाट क्याच आउट गराएपछि इम्प्याक्ट प्लेयर अनुकुल रोयलाई एलबीडब्ल्यू आउट पारेका थिए ।

उमेश यादव तीन रन बनाएर आउट भए । अन्तिम ओभरमा आन्द्रे रसेलले मुकेश कुमारलाई लगातार तीन बलमा तीन छक्का प्रहार गरे । यी मध्ये एउटा छक्का १०९ मिटरको थियो । वरुण चक्रवर्ती (१) अन्तिम बलमा रनआउट भए । रसेलले ३१ बलमा एक चौका र चार छक्का प्रहार गर्दै अविजित ३८ रन बनाए ।

दिल्लीको बलिङतर्फ २३ महिनापछि आईपीएलमा खेल खेलेका इशान्त शर्माले शानदार पुनरागमन गरेका छन् । उनले चार ओभरमा १९ रन दिएर दुई विकेट लिए । यसबाहेक एनरिक नोर्ट्ज, अक्षर पटेल र कुलदीप यादवले पनि २–२ विकेट लिए । मुकेश कुमारले एक विकेट लिए ।

दिल्लीको इनिङ्स
१२८ रनको लक्ष्य पछ्याएको दिल्लीको टोलीले उत्कृष्ट सुरुवात गरेको थियो । कप्तान वार्नरले उत्तेजित ब्याटिङ गर्दै पहिलो चार ओभरमा ३४ रन बनाए । तर, पृथ्वी शाको खराब फर्म जारी रह्यो । उनी ११ बलमा १३ रन बनाएर आउट भए । यसपछि मिचेल मार्सले पनि खास केही गर्न सकेनन् र दुई रन बनाएर आउट भए ।

डेब्यु खेल खेलेका फिलिप साल्टले पाँच रन बनाउन सके । यसपछि मनिष पाण्डे र वार्नरले चौथो विकेटका लागि २६ रनको साझेदारी गरे । यसैबीच, वार्नरले आफ्नो आईपीएल करियरको ५९ औं अर्धशतक बनाए । योसँगै उनको यो सिजनको चौथो अर्धशतक हो । वरुण चक्रवर्तीले वार्नरलाई एलबीडब्ल्यू आउट गरे । उनी ४१ बलमा ११ चौकाको मद्दतले ५७ रन बनाएर आउट भए ।

मनिष पाण्डे २३ बलमा २१ रन बनाएर आउट भए भने अमान हाकिम खान खाता नखोलेर पेभिलियन फर्किए । अन्त्यमा अक्षर पटेल र ललित यादवले दिल्लीलाई जित दिलाए । अक्षरले २२ बलमा एक चौकाको मद्दतले १९ रनमा अविजित रहे भने ललितले अविजित चार रन खेले । कोलकाताका लागि वरुण, अनुकुल रोय र नितिश राणाले २–२ विकेट लिए ।

कोलकातामाथि दिल्लीको यो लगातार तेस्रो जित हो । यसअघि सन् २०२२ मा टोलीले कोलकातालाई लगातार दुई खेलमा पराजित गरेको थियो ।

२३ महिनापछि आईपीएल खेल्दै आएका इशान्त शर्मा उत्कृष्ट बलिङका लागि प्लेयर अफ द म्याच घोषित भए । इशान्तले यसअघि मे २, २०२१ मा पञ्जाब किंग्सविरुद्ध अन्तिम खेल खेलेका थिए।

जारी सिजनमा दिल्लीको पहिलो जित हो । यसअघि टोलीले लगातार पाँच खेलमा हार बेहोरेको छ । उसको छ खेलमा एक जित र पाँच हारसहित दुई अंक छ । टोली अंक तालिकाको पुछारमा (१० औं) स्थानमा छ ।

योसँगै कोलकाता नाइट राइडर्सको ६ खेलमा यो चौथो हार हो । टोली दुई जित र चार अंक जोडेर आठौं स्थानमा छ । राजस्थान आठ अंकसहित शीर्ष स्थानमा छ । लखनउ पनि ८ अंकसहित दोस्रो स्थानमा छ । यस्तै, चेन्नई सुपर किंग्स ६ अंकसहित तेस्रो स्थानमा छ ।