२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् अर्थमन्त्रीका विज्ञ सल्लाहकार



अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले डा विश्वनाथ पौडेल, डा पोषराज पाण्डे र डा गुणाकर भट्टलाई विज्ञका रुपमा नियुक्त गर्दै विज्ञ सल्लाहकार समूह बनाउनुभएको छ । अर्थमा पौडेल र पाण्डे अवैतनिक रुपमा अर्थमा खटिनुहुने छ भने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्ट अर्थमन्त्रालयमा आएर काम गर्नुहुने छ ।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नं १ बाट नेपाली कांग्रेसको उम्मेदवार भई पराजित हुनुभएका डा पौडेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत हुनुहुन्छ । उक्त निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालसँग पौडेल पराजित हुनुभएको थियो ।

डा पाण्डे अन्तर्राष्ट्रिय व्यापार मामिलाका विज्ञ हुनुहुन्छ भने भट्टई राष्ट्र बैंकबाट काजमा मन्त्रालयमना तान्न लागिएको हो । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभाग प्रमुख भएर काम गरिसकेका भट्ट अहिले बैंक तथा वित्तीय संस्था नियमन विभागमा कार्यरत हुनुहुन्छ ।