५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिसी प्रिमियर कप: विरनदीप र आमिरको अर्धशतकमा मलेसियाले साउदीलाई हरायो



अ+ अ-

काठमाडौं । एसिसी प्रिमियर कपमा विरनदीप सिंह र मोहम्मद आमिरको अर्धशतकमा मलेसियाले साउदी अरेवियालाई ८ विकेटले पराजित गरेको छ ।

पहिलो खेलमा घरेलु टोली नेपालसँग पराजित भएको मलेसियाले दोस्रो खेलमा साउदीलाई सहजै हराएको हो । साउदीले जितको लागि दिएको १ सय ५४ रनको विजयी लक्ष्य मलेसियाले २१।२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।

मलेसियाको जितमा मोहम्मद आमिरले ४४ बलमा १२ चौकासहित अर्धशतक प्रहार गरे । उनले ५६ रनको योगदान दिए ।अर्का ओपनर विरनदीप सिंह ५३ बलमा ८ चौकाको सहयोगमा ५१ रन बनाएर आउट भए । पहिलो विकेटका लागि आमिर र विरनदीपले ८२ रनको साझेदारी गरेका थिए ।

यस्तै, साउदी अरेवियाका जैन उल अबिदीनले दुई विकेट लिए ।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको साउदी अरेविया ४६.२ ओभरमा १ सय ५३ रन बनाएर अल आउट भयो । साउदीका विकेटकिपर हसिब गाफुरले सर्वाधिक ४० रन बनाए । यस्तै, ओपनर अब्दुल वाहिदले ३६ , अतिफ उर रहमानले १८, मोहम्मद हसन शेख २१ रन बनाए ।

मलेसियाका खिजार हायतले सर्वाधिक ३ विकेट लिए । यस्तै, मोहम्मद वाफिक, रिजवान हैदर र अनवार रहमानले समान २र२ विकेट लिदा विरानदीप सिंहले १ विकेट लिए ।

एसिसी प्रिमियर कपमा समूह ए मा घरेलु टोली नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी रहेका छन् । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । प्रतियोगिताको उपाधि जित्ने टोलीले आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछन् ।