• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo
Latest
★   प्रधानमन्त्रीलाई किन प्रधानमन्त्री बनेको हुँ भन्ने नै थाहा छैनः महामन्त्री थापा ★   भारतद्वारा प्यूठानमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास ★   क्रान्तिकारीहरूले ‘पुजार सार्की’ हेरेर आफूलाई समीक्षा गर्नुस्ः राजेन्द्र लिङ्देन ★   आईपीएल टोलीहरुले गरे नेपाली टिमको प्रशंसा ★   देशमा केही नराम्रो नगर्नु नै अहिलेका लागि सबैभन्दा राम्रो गर्नु होः उपप्रधानमन्त्री लामिछाने ★   पुरानो पार्टीका भद्दा नक्कल गर्न भएन भन्नेमा हामी सचेत छौँ – उपसभापति वाग्ले ★   ‘खल्तीमा राजीनामा पत्र बोकेर हिँडेका छौँ, सरकारलाई दिएको समर्थनबारे समीक्षा गर्ने बेला भयो’ ★   अमेरिका २०२६ विश्वकपका लागि सिधै छनोट ★   एमसिसीअन्तर्गत बन्ने रातमाटे सबस्टेसनको ठेक्का लाग्यो ★   न्यूजिल्यान्डको पहिलो जित 

लुकीछिपी यार्सा सङ्कलन गर्न जाने १३ जना पक्राउ



symbolic picture

जाजरकोट । डोल्पाको तोइजुमबाट लुकिछिपी यार्सा गुम्बा टिप्न जाने १३ जना पक्राउ परेका छन् । यार्सा सिजन खुल्नुअगाडि नै पाटनमा छिर्न खोज्ने १३ जनालाई शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज र रामबाण गुल्मको संयुक्त गस्ती टोलीले पक्राउ गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत लालबहादुर भण्डारीले जानकारी दिनुभयो ।

उनीहरु सबै निकुञ्जको तोइजुमपोष्टबाट पक्राउ परेको भण्डारीले बताउनुभयो । डोल्पामा प्रत्येक वर्ष सर्वदलीय निर्णय गरेर मात्र यार्सा सङ्कलन पाटन खुलाउने गरिन्छ ।

त्यसैगरी, कुनासा र पुनिखा पाटनमा अवैध रुपमा छिरेका ४० जनाको हाराहारीमा रहेको समूहलाई निकुञ्ज र सेनाको संयुक्त गस्ती टोलीले निगरानी गरेको संरक्षण अधिकृत भण्डारीले जानकारी दिनुभयो । यस वर्षको यार्सा सङ्कलन गर्ने समय नजिकिँदै गर्दा एक सातादेखि निकुञ्जका कर्मचारी र सेनाले निकुञ्ज क्षेत्रमा पर्ने यार्सा पाटनमा संयुक्त गस्ती गरिरहेको निकुञ्जले जनाएको छ ।

यार्सा सङ्कलन गर्ने समय अगाडि नै लुकीछिपी पाटन नछिर्न निकुञ्जले सर्वसाधारणलाई आग्रह गरेको छ । नियमित गस्तीका क्रममा पाटनमा कोही भेटिएमा पक्राउ गरी नियमानुसार कारबाही गरिनेसमेत निकुञ्जले जनाएको छ ।




भर्खरै