९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

अरविन्द र मुस्ताफाको शतकीय इनिङ्समा युएईले कुवेतलाई १४३ रनले हरायो



अ+ अ-

काठमाडौँ । एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई)ले विजयी सुरुवात गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सम्पन्न आफ्नो पहिलो खेलमा यएईले कुवेतलाई १४३ रनले पराजित गरेको हो ।

जितका लागि ३७२ रनको विशाल लक्ष्य पछ्याएको कुवेतले ३६.३ ओभरमा अलआउट हुँदै २२८ रनमात्रै बनाउन सक्यो ।

कुवेतका सायद मोनीवले सर्वाधिक ६८ रन जोडे । ३६ बल खेलेका उनले ५ चौका र ६ छक्का प्रहार गरे । यस्तै, परविन्दर कुमारले २६ बलमा ५३ रन जोड्दा मोहम्मद असलामले ३३, उस्मांगनी इब्राहिमले १६, यसिन पटेलले १४ र मीत भावसारले १० रन जोडे ।

युएईका लागि बलिङतर्फ जुनैद सिद्धिकी र कार्तिक मियप्पनले तीन–तीन विकेट लिँदा सञ्चीत शर्मा, आयान अफजल खान, जहुर खान र रोहन मुस्ताफाले एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३७१ रनको योफगल बनाएको थियो । युएईका लागि वृत्य अरविन्द र रोहन मुस्ताफाले शतक प्रहार गरे । अरविन्दले एक सय ४७ बलमा १७ चौका र ९ छक्काको मद्दतमा सर्वाधिक १८५ रन बनाए ।

त्यस्तै मुस्ताफाले एक सय २५ बलमा १० चौका र चार छक्काको मद्दतमा ११८ रन बनाए । आसिफ खानले ३० रन जोडे ।

कुवेतका लागि शाहरुख क्युदुस परविन्दर कुमारले दुई विकेट लिए भने यासिन पटेल र सायद मोनिबले समान एक–एक विकेट लिए ।