२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

वृत्य र मुस्तफाको सानदार शतकमा कुवेतलाई ३ सय ७२ रनको विशाल लक्ष्य



अ+ अ-

काठमाडौँ । एसिसी प्रिमियर कपमा युएईका युवा खेलाडी वृत्य अरविन्द र अलराउन्डर रोहन मुस्तफाको सानदार शतकमा कुवेतलाई ३ सय ७२ रनको विशाल लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ७१ रन बनायो । युएईका वृत्य अरविन्दले १ सय ४७ बलमा १७ चौका र ९ छक्कासहित १ सय ८५ रनको शतकीय इनिङ खेले ।

यस्तै, अनुभवी ब्याटर रोहन मुस्तफाले पनि १ सय २५ बलमा १० चौका र ४ छक्कासहित १ सय १८ रन बनाए । मुस्तफाले १६ बलसम्म रनविहिन थिए । उनले ९५ बलमा अर्धशतक पूरा गरेका थिए । मुस्तफाले अन्तिम ३० बलमा ६८ रन जोडेका थिए ।

२४–३ को दयनीय अवस्थामा पुगेको युएईलाई विशाल योगफलमा पुर्याउन रोहन मुस्तफा र वित्य अरविन्दले २ सय ७५ रनको दोहोरो शतकीय साझेदारी गरे । ४७ औं ओभरको तेस्रो बलमा सैयद मोनिबको बलमा मुस्तफा आउट भएपछि उक्त साझेदारी तोडिएको थियो ।

युएईका आसिफ खानले ९ बलमा २ चौका र ३ छक्कासहित ३० रन बनाउदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कुवेतका बलर प्रविन्दर कुमारले ३ ओभरमा ४५ रन खर्चेर २ विकेट लिए । यस्तै, शाहरुखले ८ ओभरमा ६० रन खर्चेर २ विकेट लिँदा यासिन पटेल र सैयद मोनिबले समान एक एक विकेट लिए ।




भर्खरै