४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या

रोमाञ्चक खेलमा चेन्नईले बैंगलोरलाई ८ रनले हरायो

रोमाञ्चक खेलमा चेन्नईले बैंगलोरलाई ८ रनले हरायो
अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को रोमाञ्चक खेलमा चेन्नई सुपर किंग्स (सीएसके)ले रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) लाई ८ रनले पराजित गरेको छ ।

बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा सोमबार साँझ टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर २२६ रन बनाएको थियो । जवाफमा बैंगलोरले ८ विकेट गुमाएर २१८ रन मात्रै बनाउन सक्यो ।

चेन्नईका मथिशा पथिरानाले अन्तिम ओभरमा १९ रन बचाए । उनले ओभरमा १० रन मात्र दिए र एक विकेट पनि लिए । चेन्नईतर्फ डेभोन कोनवेले ८३ र शिवम दुबेले ५२ रन बनाए । त्यस्तै बेङ्लोरका ग्लेन म्याक्सवेलले ७६ र फाफ डु प्लेसिसले ६२ रन बनाए ।

डेभोन कोनवेले ८३ रनको इनिङ खेले । उनले पहिले अजिंक्य रहाणेसँग ७४ रनको साझेदारी गरे र त्यसपछि शिवम दुबेसँग ८० रनको साझेदारी गरे । उक्त साझेदारीको आधारमा चेन्नईले २० ओभरमा २२६ रन बनाएको थियो । ओपनर कोनवेले ४५ बलमा ८३ रन जोड्दा ६ चौका र ६ छक्का समावेश थियो ।

यस्तै, शिवम दुबेले २७ बलमा ५२ रन बनाउँदा उनले २ चौका र ५ छक्का प्रहार गरे । यी दुई बाहेक अजिंक्य रहाणेले २० बलमा ३७ रन बनाए । अम्बाती रायुडुले ६ बलमा १४ रन जोड्दा ऋतुराज गायकवाडले ३ रन मात्र बनाउन सके । मोइन अली ९ बलमा १९ रनका साथ अविजित रहे । कप्तान महेन्द्र सिंह धोनी १ बलमा १ रनका साथ अविजित रहे ।

बैंगलोरका लागि वायन पारनेल, विजयकुमार, मोहम्मद सिराज, वानिन्दु हसरंगा, हर्षल पटेल र ग्लेन म्याक्सवेलले एक–एक विकेट लिए ।

२२७ रनको लक्ष्य पछ्याएको बैंगलोरले सुरुवाती ओभरमै २ विकेट गुमाएको थियो । त्यसपछि ग्लेन म्याक्सवेल र फाफ डु प्लेसिसले ६१ बलमा १२१ रनको साझेदारी गरे । म्याक्सवेल १३ औं ओभरमा ७६ र डु प्लेसिस १४ औं ओभरमा ६२ रन बनाएर आउट भए ।

दुवै आउट भएपछि आरसीबीका बाँकी ब्याट्सम्यानले ३६ बलमा ६७ रन बनाउन सकेनन् । बैंगलोरले पहिलो दुई ओभरमा विराट कोहली र महिपाल लोमरको विकेट गुमाएको थियो । त्यसपछि ग्लेन म्याक्सवेलले फाफ डु प्लेसिसको साथमा ४ ओभरमा ६० रन दिए । टोलीले ६ ओभरमा २ विकेट गुमाएर ७५ रन बनाएको थियो । ग्लेन म्याक्सवेल ३६ बलमा ७६ रन बनाएर आउट भए । महिष तीक्षणाले उनलाई पेभिलियन पठाए । म्याक्सवेलले आउट हुनुअघि डु प्लेसिससँग ६१ बलमा १२६ रन जोडे ।

म्याक्सवेल र डु प्लेसिसले आफ्नो टोलीलाई झण्डै जित दिलाएका थिए । तर दुवै आउट भएपछि टोलीले ७ ओभरमा ८४ रन बनाउन सकेन । टिमका बाँकी ब्याट्सम्यानमा शाहबाज अहमदले १२, दिनेश कार्तिकले २८, सुयश प्रभुदेसाईले १९ र वेन पर्नेलले २ रन बनाए । भानिन्दु हसरंगा २ रनमा अविजित रहे ।

चेन्नईका तुषार देशपाण्डेले ३ र मथिशा पथिरानाले २ विकेट लिए । यस्तै, आकाश सिंह, महिश तिक्षना र मोइन अलीले १–१ विकेट लिए ।

आजको खेलः सनराइजर्स हैदरावाद भर्सेस मुम्बई इन्डियन्स, साँझ ७ः४५ बजे