२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर सिटीले लेस्टर सिटीलाई हरायो, हालाण्डले गरे दुई गोल



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले सहज जित निकालेको छ ।

शनिबार राति सम्पन्न खेलमा म्यान्चेस्टर सिटीले लेस्टर सिटीलाई ३–१ गोलले पराजित गरेको हो । घरेलु मैदानमा म्यान सिटीलाई जित दिलाउन एर्लिङ हालाण्डले दुई तथा जोन स्टोन्सले एक गोल गरे । लेस्टरका केलेची इहनाचोले एक गोल फर्काए ।

खेलको पाँचौं मिनेटमा नै जोन स्टोन्सको गोलबाट म्यान सिटीले सुरुवाती अग्रता बनाएको थियो । १३ औं मिनेटमा हालाण्डले पेनाल्टीमार्फत गोल गर्दै म्यान सिटीको अग्रता दोब्बर पारे ।

यस्तै, २५ औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दा पहिलो हाफमै म्यान सिटी ३–० ले अगाडि रहेको थियो । दोस्रो हाफमा म्यान सिटीले थप गोल गरेन । उता, ७५ औं मिनेटमा इहनाचोले गोल गरेपनि लेस्टरको हार टार्न सकेनन् ।

जितसँगै म्यान सिटीले शीर्ष स्थानको आर्सनलसँग अंक दुरी घटाएको छ । आर्सनलको ३० खेलबाट ७३ अंक रहँदा समान खेलबाट सिटी ७० अंकका साथ दोस्रो स्थानमा छ । यता पराजित लेस्टर ३१ खेलबाट २५ अंकका साथ १९ औं स्थानमा रहँदै रेलिगेशनबाट उत्रिन संघर्षरत छ ।




भर्खरै