३१ जेष्ठ २०८३, आईतवार
,
Latest
हर्मुज र आणविक मुद्दामा अमेरिका–इरान सम्झौता नजिक विपी राजमार्ग पुनर्निर्माण तीव्र, असार १५ भित्र भकुण्डेवेशी–नेपालथोक खण्डमा माथिबाट सवारी सञ्चालन गर्ने तयारी ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा बेइजिङ पुगे, वाङ यीसँग वार्ता गर्ने कार्यक्रम टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको बिहारमा १६ जनाको निधन, विषालु मदिराका कारण मृत्यु भएको आशंका



अ+ अ-

एजेन्सी । भारतको बिहारको मोतिहारीस्थित तुरकौलिया, हरसिद्धि र पहाडपुर प्रहरी चौकीमा शुक्रबार दुई जनाको मृत्यु भयो । मानिसहरू लेमृत्युको कारण विषाक्त मदिरा रहेको आशंका गरे । पोष्टमार्टम भएन । प्रशासनले झाडापखाला बतायो । त्यसपछि शनिबार दिउँसोसम्म १६ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेको उमेर १९ देखि ४८ वर्षको बीचमा रहेको छ ।

जसमध्ये सबैभन्दा बढी तुरकौलियामा ११, हरसिद्धिमा ३ र पहाडपुरमा २ जनाको मृत्यु भएको छ । बिहीबार साँझ गहुँ बाली काटिसकेपछि खेतमा मदिराको पार्टी आयोजना भएको मृतकका आफन्तले बताएका छन् । उनीहरु राति घर आएर सुते । बिहानै धेरैको स्वास्थ्य बिग्रन थाल्यो । पहिलो पटक बाबु–छोराको अस्पतालमै मृत्यु भएको थियो । यसपछि प्रशासनले गाउँमा मेडिकल टोली पठाएको थियो । विषाक्त मदिराले मृत्यु भएको उनीहरुले अस्वीकार गरे ।

शनिबार बिहानसम्म झाडापखाला र विषाक्त खानाका कारण मृत्यु भएको भन्नेमा प्रशासन अडिग थियो । यहाँ मान्छे मरिरहेका छन्, पोष्टमार्टम नगरी ७ जनाको शव परिवारले जलाएको छ । १२ जना गम्भीर छन्, उनीहरुको बारेमा केही खुल्न सकेको छैन । उनीहरुका आफन्तहरु रोएर दुखी छन् ।

यी मानिसहरूले मदिरा सेवन गरेको कुरा पनि बाहिर आएको छ । यहाँ घटना गम्भीर बन्दै गएपछि प्रहरी प्रधान कार्यालय मोतिहारीका एसपीलाई छानबिन गर्न निर्देशन दिइएको छ । पटनाबाट निषेधाज्ञा विभागको विशेष टोली मोतिहारी जाँदैछ ।




भर्खरै