२० मंसिर २०८२, शनिबार
,
Latest
नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

केन विलियम्सनले भारतमा हुने विश्वकप गुमाउने



अ+ अ-

काठमाडौं । न्युजिल्यान्डका कप्तान केन विलियम्सनले आगामी अक्टोवरबाट भारतमा हुने आईसीसी एकदिवसीय विश्वकप गुमाउने भएका छन् ।

गुजरात टाइटन्सबाट आइपिएल खेलेका विलियम्सनले चेन्नई सुपर किंग्सविरुद्धको पहिलो खेलमा फिल्डिङ गर्नेक्रममा घाइते भएका थिए । विलियम्सनको दाहिने घुँडाको एन्टेरियर क्रुसिएट लिगामेन्ट फुटेपछि यसै वर्षको अन्त्यमा भारतमा हुने विश्वकप गुमाउने भएका हुन् ।

नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा भएको खेलमा फिल्डिङ गर्नेक्रममा टाइटन्सका तीव्र गतिका बलर जोशुवा लिटिलको बलमा सुपर किंग्सका ऋतुराज गायकवाडले हानेको सट छक्का बचाउन खोज्दा विलियम्सन घाइते भएका थिए ।

उत्कृष्ट फिल्डिङ गरेका विलियम्सनले उक्त बलबाट छक्का हुन बचाउँदै टोलीको महत्वपूर्ण दुई रन रोकेका थिए । तर, ल्यान्डिङ गर्नेक्रममा दायाँ खुट्टाको घुँडामा चोट लागेपछि उनले मैदान छाडेका थिए ।

विलियम्सन अहिले न्युजिल्याण्ड फर्किसकेका छन् । परिक्षणमा उनको चोट गम्भीर रहेको पुष्टि भएको थियो । तीन हप्ताभित्र उनको शल्यक्रिया गरिनेछ।

विलियम्सनको अनुपस्थितिमा टम लाथमले न्युजिल्याण्डको कप्तानी गरेका छन् । आगामी पाकिस्तान भ्रमणका लागि एकदिवसीय टोलीको नेतृत्व पनि लाथमले नै गर्नेछन्।

विलियम्सनले १ सय ६१ एकदिवसीय अन्तराष्ट्रियमा ६ हजार ५ सय ५४ रन बनाएका छन् ।