२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यव्यवस्था परामर्श समिति २१ सदस्यीय हुने



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिमा २१ सदस्य रहने भएका छन् ।

प्रधिनिधिसभा नियावलीअनुसार सभा सञ्चालनका लागि सहयोग गर्ने संयन्त्रकाद रुपमा रहेको उक्त समितिमा रहने संख्या सभामुख देवराज घिमिरेसहितका दलका प्रतिनिधिहरुको बैठकले निर्धारण गरेको छ ।

प्रतिनिधिसभामा हाल १३ वटा राजनीतिक दल र एउटा सिट भएका तथा स्वतन्त्रसमेतको प्रतिनिधित्व हुने गरी समिति बन्ने बताइएको छ । समितिमा नेपाली कांग्रेसबाट ६, नेकपा (एमाले) बाट ५, नेकपा (माओवादी केन्द्र) बाट २ र अन्य दलबाट १/१ जना सांसद सदस्य रहनुहुनेछ ।

उक्त समितिमा सभामुख, उपसभामुख र कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदेन सदस्य रहनुहुनेछ ।