२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलामा कति पुग्यो ?



अ+ अ-

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

आज छापावाल सुन तोलामा २ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यसअघि १ लाख १० हजारसम्म रेर्कड राखेको थियो ।अघिल्लो दिन मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख १ लाख १० हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ४० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ४० रुपैयाँ कायम भएको छ ।