२१ मंसिर २०८२, आईतवार
,
Latest
संसद् महत्वपूर्ण र निर्णायक हो भन्ने पुष्ट्याइ गर्ने गरी काम गर्नुस्ः सभामुख घिमिरे ‘साधनमाला’ लोकार्पण गृहमन्त्री अर्यालद्वारा निर्माणाधीन संसद् भवनको निरीक्षण संसद सचिवालयको पदाधिकारी नियुक्तिमा खुला बहस आवश्यक छः सभामुख घिमिरे कर्णालीद्वारा जनकपुरसामु १३० रनको लक्ष्य प्रस्तुत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचारः ५५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर (पूर्णपाठ) सरकारले लोकप्रिय हुने नाममा अनुचित ढंगले खर्च कटौति गर्योः उपसभामुख राना कार्यकारी अध्यक्ष झा र क्युएनए अधिकारीबीच भेटवार्ता १०२ वटा दल एक्लाएक्लै निर्वाचनमा जाने जेन–जी आन्दोलनका हिंसात्मक घटना इतिहासकै दुःखद्: पूर्वराष्ट्रपति भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

१९ वर्षीय ऋषि बने इन्डियन आइडल १३ का विजेता



अ+ अ-

एजेन्सी । इन्डियन आइडल १३ को उपाधि १९ वर्षीय ऋषि सिंहले जितेका छन् । अयोध्याका ऋषिले कोलकाताकी देबोस्मिता रोय र चिराग कोतवाललाई हराउँदै इन्डियन आइडलको उपाधि जितेका हुन् ।

ट्रफीसँगै ऋषिले २५ लाख रुपैयाँ (भारु) पुरस्कार र फेन्सी कार पनि प्राप्त गरेका छन् । ऋषि कक्षा १२ का विद्यार्थी हुन् ।

इन्डियन आइडलको फाइनल एपिसोडमा विजेता घोषणा गरेपछि सेट इन्डियाले सामाजिक सञ्जालमा विजेताको नाम पनि पोस्ट गरेको छ ।

पोस्ट सेयर गर्दै च्यानलले लेखेको छ – ‘सबैलाई आफ्नो जादू देखाउँदै, रकिङ ऋषिले हाम्रो मन मात्र होइन इन्डियन आइडलको ट्रफी पनि जिते । बधाई छ ऋषि ।’

ट्रफी जितेपछि ऋषिले भने– ‘म विजेता बनेको छु भन्ने विश्वास गर्न सक्दिनँ। यी महान भावनाहरू हुन् । मेरो नाम विजेता घोषणा हुने बित्तिकै मलाई सपना साकार भएको महसुस भयो । मेरो नाम यस्तो मनपर्ने शोको विरासतलाई अगाडि बढाउनु मेरो लागि ठूलो कुरा हो ।’