२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँ – १ उपनिर्वाचनः सर्वेन्द्र खनालले गरे मनोनयन दर्ता



अ+ अ-

तनहुँ । आगामी १० वैशाखमा हुने उपनिर्वाचनको लागि नेकपा एमालेका तर्फबाट प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले मनोनयन दर्ता गरेका छन् ।

उनी र्‍यालीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् ।

खनालको प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा एक बहादुर राना रहेका छन् ।

यस तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि रिक्त रहेको स्थानमा उपनिर्वाचन हुन लागेको हो ।