५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिल्डिङको क्रममा घाइते भएका विलियम्सनले आइपिएल गुमाउने



अ+ अ-

काठमाडौँ । गुजरात टाइटन्सका प्रमुख ब्याट्सम्यान केन विलियम्सन इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ गुमाउने भएका छन् ।
शुक्रबार राती भएको चेन्नई सुपर किंग्सविरुद्धको पहिलो खेलमा फिल्डिङ गर्नेक्रममा घाइते भएपछि विलियम्सनले आइपिएल २०२३ गुमाएका छन् ।

शुक्रबार नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा भएको खेलमा फिल्डिङ गर्नेक्रममा विलियम्सनको बायाँ घुँडामा चोट लागेको थियो ।
टाइटन्सका तीव्र गतिका बलर जोशुवा लिटिलको बलमा डिप स्क्वायर लेगमा ऋतुराज गायकवाडले हानेको सट छक्का बचाउन खोज्दा उनी घाइते भएका थिए ।

उत्कृष्ट फिल्डिङ गरेका विलियम्सनले उक्त बलबाट छक्का हुन बचाउँदै टोलीको महत्वपूर्ण दुई रन रोकेका थिए । तर ल्यान्डिङ गर्नेक्रममा दायाँ खुट्टाको घुँडामा चोट लागेको थियो । त्यसपछि उनले मैदान छाडेका थिए । उनको स्थानमा गुजरातले इम्प्याक्ट प्लेयरको रुपमा साइ सुदर्शनलाई खेलाएको थियो ।

गुजरातले विलियम्सनले आइपिएल २०२३ को पुरै खेल गुमाउने औपचारिक रुपमा बताएको छ । विलियम्सनले हैदराबादपछि पहिलो पटक गुजरातबाट खेलेका थिए ।

न्युजिल्यान्डका कप्तान समेत रहेका विलियम्सनले २०१५ देखि २०२२ सम्म आइपिएलमा हैदराबादबाट खेल्दै उत्कृष्ट प्रदर्शन गरेका थिए । उनलाई हैदराबादले फुकुवा गरेपछि अक्सनमा गुजरातले न्यूनतम २ करोड भारुमा किनेको थियो ।

विश्व क्रिकेटकै एक सफल कप्तान विलियम्सनले ७७ आइपिएल खेलमा १८ अर्धशतकसहित कुल २ हजार १ सय १ रन बनाएका छन् ।उनलेले २०१८ को सिजनमा हैदराबादबाट ७ सय ३५ रनका साथ ओरेन्ज क्याप पनि जितेका थिए ।

न्युजिल्यान्डले आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्दैछ । तर, विलियम्सन घाईतेपछि उनले खेल्न सक्ने वा नसक्ने चिन्ता बढेको छ । उनले खेल्न नसके न्युजिल्यान्डलाई ठूलो प्रभाव पर्नेछ ।