४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय

प्रधानमन्त्री प्रचण्डले उपेक्षा गरेको बोआओ फोरम सम्मेलन सुरु

प्रधानमन्त्री प्रचण्डले उपेक्षा गरेको बोआओ फोरम सम्मेलन सुरु
अ+ अ-

काठमाडौँ । चीनको हाइनान प्रान्तको बोआवो सहरमा मंगलबारदेखि बोआओ एसिया मञ्च (बोआओ फोरम) को वार्षिक सम्मेलन सुरु भएको छ ।

शुक्रबारसम्म सञ्चालन हुने फोरममा सहभागी हुन चीन सरकारले करिब ५० देश तथा क्षेत्रका दुई हजारभन्दा बढी अतिथिलाई निमन्त्रणा दिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि बोआओ फोरममा सहभागिताका लागि निमन्त्रणा दिइएको बताइएको छ ।

सन् २०१६ र सन् २०१७ मा प्रमुख वक्ताका रुपमा सहभागी भएका तत्कालीन प्रधानमन्त्री प्रचण्ड यसपटकको बोआओ फोरममा भने सहभागी हुनुभएन । चीन सरकारले उहाँलाई यस पटक पनि प्रमुख वक्ताका रुपमा निमन्त्रणा गरेको बताइएको छ ।

नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सोङले गत फागुन १० मा प्रधानमन्त्री प्रचण्डलाई भेटेरै बोआओ फोरममा सहभागिता जनाउन निम्तो दिनुभएको थियो । प्रचण्डका निजी सचिव रमेश मल्लले मिडियालाई सार्वजनिक रुपमा बोआओ फोरममा सहभागिताको लागि चिनियाँ राजदूतले निम्तो दिएको बताउनुभएको थियो ।

गत पुस १० गते प्रधानमन्त्री बन्नुभएका प्रचण्डले अहिलेसम्म कुनै पनि छिमेकी मुलुकको भ्रमण गर्नुभएको छैन । भूराजनीतिक कारणले उहाँले बोआओ फोरममा सहभागिता नजाउनुभएको बताइएको छ । सम्भवत: उहाँले दक्षिणी छिमेकी मुलुक भारतको भ्रमणलाई पहिलो प्राथमिकता दिनुभएको छ ।

बाह्र बुँदे शान्ति सम्झौतापछि भएको संविधानसभाको पहिलो निर्वाचनबाट पहिलोपटक प्रधानमन्त्री बन्नुभएका प्रचण्डले त्यतिबेला आफ्नो पहिलो विदेश भ्रमण चीनबाट सुरु गर्नुभएको थियो । चीन भ्रमणपछि भारत उहाँसँग असन्तुष्ट भएको बताइएको थियो । किनभने नेपालका हरेक प्रधानमन्त्रीले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट सुरु गर्ने गरेका थिए ।

सम्भवत: भारत असन्तुष्ट हुने संशयले नै प्रधानमन्त्री प्रचण्ड बोआओ फोरममा नजानुभएको हो । फोरममा नजानकै लागि मन्त्रिमण्डल विस्तारमा ढिलाइ गरिएको चर्चा पनि चल्ने गरेको छ । आन्तरिक राजनीतिक कारण देखाएर फोरम छल्ने कारण बनाइएको बताइन्छ ।

यसपटकको फोरममा नेपालले चीनमा रहेका नेपालका राजदूतलाई सहभागी गराएको छ । फोरममा सहभागी हुनका लागि राजदूतलाई बोआओमा महँगो होटलमा राखिएको र बेइजिङदेखि त्यहाँसम्मको हवाई खर्च स्वयं नेपाल सरकारले बेहोर्नुपर्ने भएपछि उहाँ तनावमा हुनुभएको जनाइएको छ । प्रधानमन्त्री फोरममा नगएपछि चीन सरकारले फोरममा राजदूतलाई वक्ताका रुपमा पनि राख्ने छैन

फोरमको ‘अनिश्चित संसार: एकताबद्ध सहयोग गरी चुनौतीको सामना गर्ने, खुला र सहनशीलताबाट विकासलाई अघि बढाइने’ नाराबाट अन्तर्राष्ट्रिय समाजले शान्ति र सहयोगसँगै विकासलाई बढाउने संयुक्त माग देखाइएको छ।

फोरमको चार दिने अवधिमा ५० पटक शाखा सम्मेलन, गोलमेच बैठक र पत्रकार सम्मेलनको आयोजना हुने छन्। यी बैठक र सम्मेलनमा ‘बेल्ट एन्ड रोड’, चिनियाँ शैलीको आधुनिकीकरण, एशिया क्षेत्रीय सहयोग, विश्व आर्थिक अपेक्षा र विश्व भूराजनैतिक अनुमान आदि विषयबारे चर्चा गरिने छ।