२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

गणतन्त्रमा कसैलाई राजावादी हुने छुट छैन ?– राजेन्द्र लिङ्देन



अ+ अ-
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रमा राजावादी हुने छुट छ कि छैन भनी प्रश्न गर्नुभएको छ ।
प्रतिनिधिसभाको बुधबारबो बैठकमा उहाँले मंगलबार मिटरब्याज पीडित नागरिकको आन्दोलनमा ऐक्यबद्धता जनाउन जाँदा आफ्नो पार्टीका नेता ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी भएको भन्दै त्यसमा सत्तापक्षका दलका कार्यकर्ताको संलग्नता रहेको बताउनुभयो ।
एउटा जिम्मेवार राजनीतिक दलको जिम्मेवार नेता पीडितहरुसँग ऐक्यबद्धता व्यक्त गर्न जाँदाखेरि सत्तापक्षीय कार्यकर्ताबाट पार्टीका प्रमुख सचेतकमाथि गरिएको दुर्व्यवहारको प्रयासप्रति उहाँले भर्त्सना गर्नुभयो ।
“म सरकारसँग प्रश्न गर्न चाहन्छु, के सरकार मुठभेडतर्फ जान खोजेको हो ? के यो गणतन्त्रमा राजावादी हुने छुट कुनै नागरिकलाई छैन ?”, उहाँले भन्नुभयो ।
मिटरब्याज पीडितको समस्या ढाकछोप र अलमल्याउने काम नगर्न उहाँले आग्रह गर्नुभयो । कोशी प्रदेश नामकरणको विरोधमा भइरहेको आन्दोलन मुठभेडतर्फ अघि बढेको भन्दै सरकारले त्यसलाई नजरअन्दाज गरेको बताउनुभयो ।
‘पूर्वमा भएको आन्दोलनलाई सरकारले गम्भीरतापूर्वक नलिँदा मान्छेको ज्यान जाने, घाइते हुने क्रम बढेको उहाँको भनाइ थियो । पार्टीले सैद्धान्तिकरुपमा आफूहरु प्रदेश संरचनामा विमति राखेको भन्दै अध्यक्ष लिङ्देनले प्रदेश संरचना आर्थिक रुपमा बोझिलो र झञ्झटिलो भएको बताउनुभयो ।