२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधान न्यायधीशलाई सभामुख र राष्ट्रियसभाको अध्यक्ष भन्दा तल राखिनु संविधान बिपरित: कोईराला



file
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले मर्यादाक्रममा प्रधान न्यायधीशलाई सभामुख र राष्ट्रियसभाको अध्यक्ष भन्दा तल राखिएकोमा आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै कोईरालाले प्रधान न्यायधीशलाई सभामुख र राष्ट्रियसभाको अध्यक्ष भन्दा तल राखेर बनाईएको विधेयक संविधान बिपरित रहेको बताएका हुन् ।

उनले लेखेका छन्–’मर्यादाक्रममा प्रधान न्यायधीशलाई सभामुख र राष्ट्रियसभाको अध्यक्ष भन्दा तल राखेर प्रस्ताव गरिएको विधेयक संविधान बिपरित छ । संविधानको धारा २८४ ले प्रधान न्यायधीशलाई सभामुख र राष्ट्रियसभा अध्यक्ष भन्दा माथि मर्यादाक्रममा राखेको छ। अन्य लोकतान्त्रिक मुलुकहरुमा पनि प्रधान न्यायाधीशको मर्यादाक्रम यही अनुरुप छ।’

उनले संविधान बनाउदा माओवादीले न्यायलयलाई संसदिय समिति अन्तर्गत राख्ने प्रस्ताव गरेको तर कांग्रेसले न्यायलयलाई स्वतन्त्र राख्नुपर्ने अडान राखेको बताए । ‘स्मरण रहोस: संविधान निर्माणका समयमा तत्कालीन माओवादीले न्यायलयलाई संसदिय समिति अन्तर्गत राख्ने प्रस्ताव राखेको थियो। तर नेपाली कांग्रेसले शक्ति पृथकीकरणको सिद्धान्त बिपरित जान हुदैन भन्दै न्यायलयलाई स्वतन्त्र राख्नुपर्ने अडान राखेको थियो र त्यही अनुरुप भयो ।’, कोईरालाले भने ।