२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वुमन्स ओलम्पिकको छनोट खेल्न भियतनामको टोली नेपाल आउँदै



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले ‘महिला ओलम्पिक फुटबल प्रतियोगिता, पेरिस २०२४’ का लागि एसियन छनोटअन्तर्गत पहिलो चरणको खेलमा भियतनामसँग खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार चैत अन्तिम साता नेपालले घरेलु मैदानमा दुई खेल खेल्नेछ ।

एन्फाको आयोजनामा हुने प्रतियोगिता २२ र २५ चैतमा आयोजना गर्न लागिएको हो । नेपाल र भीयतनामबीचको पहिलो खेल अप्रिल ५ अर्थात २२ चैतमा हुँदा दोस्रो खेल अप्रिल ८ अर्थात २५ चैतमा हुनेछ ।

दुबै खेल दशरथ रंगशालामा साँझ ६ बजे हुनेछ । प्रतियोगिताका लागि सहभागी हुन भियतनामको राष्ट्रिय महिला टोली ३ अप्रिलमा काठमाडौँ आइपुग्ने एन्फाले जनाएको छ । उक्त प्रतियोगिताका लागि नेपाली राष्ट्रिय महिला टोली हाल बन्द प्रशिक्षणमा रहेको छ ।

प्रतियोगिताको लागि एन्फाले साधारण प्यारापिटतर्फ ३०० रुपैयाँ र भीआइपी प्यारापिटतर्फ १००० रुपैयाँको टिकट मूल्यसमेत निर्धारण गरेको छ ।