२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्सेमा उच्च अङ्कको गिरावट



अ+ अ-

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक आज २६ दशमलव ८५ अङ्कले घटेर एक हजार आठ सय ८८ दशमलव २९ अङ्कमा कायम भएको छ ।

आज दुई सय ५९ कम्पनीको ३७ लाख ५४ हजार तीन सय ३४ कित्ता शेयर ३२ हजार एक सय ६८ पटक खरिद बिक्री हुँदा रू एक अर्ब २८ करोड ९३ लाख ७१ हजार बराबरको कारोबार भएको छ । सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै लघुवित्त समूहको उपसूचक एक सय ३३ दशमलव ९१ अङ्क र निर्जीवन बीमा समूहको उपसूचक ९९ दशमलव १५ अङ्कले घटेको छ ।

बैंकिङ समूह १७ दशमलव ५७, विकास बैंक समूह ५३ दशमलव ४३, वित्त समूह १८ दशमलव ८९, होटल तथा पर्यटन समूह १२ दशमलव ५२ र जलविद्युत् समूह २४ दशमलव १९ अङ्कले घटेको छ । त्यस्तै लगानी समूह शून्य दशमलव ६४, जीवन बीमा समूह ८३ दशमलव ०१, उत्पादन समूह ८७ दशमलव ३०, म्युचुअल फन्ड शून्य दशमलव ६५, व्यापार समूह ४३ दशमलव ७८ र अन्य समूह तीन दशमलव ९९ अङ्कले घटेको छ ।

मायाखोला जलविद्युत् कम्पनी लिमिटेड र एसियन हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने चार लघुवित्त कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । नेप्सेकाअनुसार जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, जालपा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।

सबैभन्दा धेरै हिमालयन डिस्ट्रिलरी लिमिटेडको रू आठ करोड ६२ लाख ८८ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने एनआइसी एसिया ग्रोथ फन्डको एक लाख २३ हजार तीन सय कित्ता शेयर खरिद बिक्री भएको छ । रासस