२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्सेमा उच्च अङ्कको गिरावट



अ+ अ-

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक आज २६ दशमलव ८५ अङ्कले घटेर एक हजार आठ सय ८८ दशमलव २९ अङ्कमा कायम भएको छ ।

आज दुई सय ५९ कम्पनीको ३७ लाख ५४ हजार तीन सय ३४ कित्ता शेयर ३२ हजार एक सय ६८ पटक खरिद बिक्री हुँदा रू एक अर्ब २८ करोड ९३ लाख ७१ हजार बराबरको कारोबार भएको छ । सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै लघुवित्त समूहको उपसूचक एक सय ३३ दशमलव ९१ अङ्क र निर्जीवन बीमा समूहको उपसूचक ९९ दशमलव १५ अङ्कले घटेको छ ।

बैंकिङ समूह १७ दशमलव ५७, विकास बैंक समूह ५३ दशमलव ४३, वित्त समूह १८ दशमलव ८९, होटल तथा पर्यटन समूह १२ दशमलव ५२ र जलविद्युत् समूह २४ दशमलव १९ अङ्कले घटेको छ । त्यस्तै लगानी समूह शून्य दशमलव ६४, जीवन बीमा समूह ८३ दशमलव ०१, उत्पादन समूह ८७ दशमलव ३०, म्युचुअल फन्ड शून्य दशमलव ६५, व्यापार समूह ४३ दशमलव ७८ र अन्य समूह तीन दशमलव ९९ अङ्कले घटेको छ ।

मायाखोला जलविद्युत् कम्पनी लिमिटेड र एसियन हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने चार लघुवित्त कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । नेप्सेकाअनुसार जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, जालपा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।

सबैभन्दा धेरै हिमालयन डिस्ट्रिलरी लिमिटेडको रू आठ करोड ६२ लाख ८८ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने एनआइसी एसिया ग्रोथ फन्डको एक लाख २३ हजार तीन सय कित्ता शेयर खरिद बिक्री भएको छ । रासस