२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थगित क्याम्पसमा स्ववियु निर्वाचन गराउन अनेरास्ववियुको ध्यानाकर्षण



अ+ अ-

काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुले निर्वाचन सम्पन्न हुन बाँकी क्याम्पसहरुको निर्वाचन सम्पन्न गराउन त्रिविका शिक्षाध्यक्ष एवम् विश्वविधालयको स्ववियु निर्वाचन अनुगमन समितिको संयोजकमार्फत् ध्यानाकर्षण जनाएको छ ।

अध्यक्ष समिक बडालको नेतृत्वमा अनेरास्ववियुले स्ववियुको निर्वाचन गराउन ध्यानाकर्षण गराएको हो । आजसम्म ४४ वटा आंगिक क्याम्पसहरुमा निर्वाचन सम्पन्न भएर निर्वाचन परिणाम समेत आईसकेको र करिब ३०० वटा अन्य क्याम्पसहरुको निर्वाचन सम्पन्न भएको ज्ञापनपत्रमा जनाइएको छ ।

‘तत्काल निर्वाचन हुन बाँकी १७ वटै आङ्गिक क्याम्पसहरुको निर्वाचन सम्पन्न गर्न सर्वपक्षीय बैठक बोलाएर निर्वाचन कार्यतालिका प्रकाशित गरी निर्वाचन सम्पन्न गर्न अग्रसरता लिई दिनुहुन विश्वविद्यालयका शिक्षाध्यक्ष स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका संयोजक मार्फत हामी विश्व विद्यालय प्रशासनलाई ध्यानाकर्षण गराउन चाहन्छौँ ।’ ज्ञापनपत्रमा भनिएको छ ।