२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर मेयर कप क्रिकेटः ऋतुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिम विजयी



अ+ अ-

काठमाडौँ । ऋतु कनौजियाले उत्कृष्ट बलिङ र ब्याटिङ गरेपछि सुदूरपश्चिम प्रदेश यहाँ जारी ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएको छ । सुदूरपश्चिमले मधेस प्रदेशलाई आज सम्पन्न खेलमा सात विकेटले पराजित गरेको हो । ऋतुले अविजित २१ रनको योगदान दिनुका साथै विपक्षी टोलीको दुई विकेटसमेत लिइन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै मधेस प्रदेशले निर्धारित २० ओभरको खेलमा १९ ओभर खेल्दै सवै विकेट गुमाएर ६५ रन बनायो । सुदूरपश्चिमले ६६ रनको विजयी लक्ष्य १० दशमलव तीन ओभरमा तीन विकेट गुमाएर पूरा ग¥यो । सुदुरपश्चिमको यो लगातार दोस्रो जित हो ।

सुदूरपश्चिमका लागि कनौजियाले अविजित २१, रुबी पोदारले अविजित १४ तथा कप्तान विन्दु रावलले १० रनको योगदान दिइन् । बलिङतर्फ मधेसका लागि अनुराधा चौधरी, सरस्वती चौधरी र सन्तोषी चौथरीले एक एक विकेट लिइन् ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मधेसका लागि अलिसा यादव र सरस्वती कुमारीले समान १५÷१५ रन बनाएका थिए । बलिङतर्फ सुदूरपश्चिमका लागि लक्ष्मी साउदले तीन, ऋतु कनौजिया र सम्झना खड्काले दुई दुई तथा इश्वरी विष्ट र कविता जोशीले एक एक विकेट लिइन् । जितसँगै सुदुरपश्चिमले तीन खेलबाट चार अङ्क जोडेको छ ।

सुदूरपश्चिम अङ्क तालिकाको दोस्रो स्थानमा छ । मधेस प्रदेश अङ्कबिहीन बन्दै पुछारमा छ । अहिले कीर्तिपुर मैदानमा कोशी प्रदेश र एपीएफ क्लबबीच दोस्रो खेल भइरहेको छ । कोशीले जितका लागि एपीएफ क्लबलाई ८८ रनको लक्ष्य दिएको छ ।