५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल एसीसी प्रिमियर कपको समूह ‘ए’मा, विजेतालाई आईसीसीका पाँच पूर्ण सदस्यसँग खेल्ने मौका



अ+ अ-

काठमाडौँ । एसीसी मेन्स प्रिमियर कपको बिहीबार सार्वजनिक गरिएको ‘ड्र’ मा आयोजक नेपाल समूह ‘ए’ मा परेको छ ।

एसियाली क्रिकेट काउन्सिलद्वारा सार्वजनिक खेलतालिका अनुसार नेपालले लिग चरणमा मलेसिया, साउदी अरेबिया, कतार र ओमानको सामना गर्नेछ ।

वैशाख ५ देखि १८ सम्म हुने प्रतियोगिताका खेल टीयू र मूलपानी मैदानमा हुनेछन् । नेपालले उद्घाटन खेलमा मलेसियाको सामना गर्नेछ । कुल १० टिमको सहभागिता रहेको प्रतियोगिताको समूह ‘बी’मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र यूएई छन् ।

लिग चरणको समाप्तिमा प्रत्येक समूहको शीर्ष दुई स्थानमा रहने टिमले सेमिफाइलनको यात्रा तय गर्नेछ । प्रतियोगिताका विजेता टिम एसियाकपका लागि छनोट हुनेछ । यस्तै शीर्ष तीन स्थानमा रहने टिमले एसिया इमर्जिङ कपका लागि स्थान बनाउनेछ ।

एसिया कपको १६औँ संस्करण यसै वर्ष पाकिस्तानमा जनाइएपनि निश्चित भइसकेको छैन । भारतले पाकिस्तानमा सुरक्षा कारण देखाउँदै सहभागिता जनाउन चासो नदेखाएको हो ।

एसिया कपमा आईसीसीका पूर्ण सदस्य रहेका एसियाका पाँच राष्ट्र र नेपालमा हुने एसिया प्रिमियर कपबाट एक टोलीसहित ६ टिमले प्रतिस्पर्धा गर्नेछन् । जसमध्ये आईसीसीका पूर्ण सदस्य रहेका पाकिस्तान, बंगलादेश, भारत, अफगानिस्तान र श्रीलंकाको सहभागिता निश्चित रहँदा नेपालमा हुने छनोटबाट एक टिमको टुंगो लाग्नेछ ।

नेपालमा हुने एसिया कप छनोटको रूपमा रहेको प्रिमियर कपमा एसोसियट राष्ट्रमध्ये वरियताका शीर्ष आठ टिम र थाइल्यान्डमा हुने एसीसी पुरुष च्यालेन्जर कपको फाइनलमा पुग्ने दुई टिम गरी १० टिमले प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै, प्रिमियर कपको विजेता, उपविजेता र तेस्रो हुने टिम ‘इमर्जिङ टिम्स एसिया कप’मा छनोट हुनेछ । इमर्जिङ टिम्स एसिया कपमा आईसीसीका पूर्ण सदस्य भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र बंगलादेशका ‘ए’ टिम सहभागी हुनेछन् ।

यस प्रतियोगितामा पनि सहभागी आठ टिमलाई दुई समूहमा बाँडिनेछ । जसको समूह ‘ए’ मा भारत, पाकिस्तान, श्रीलंका र नेपालमा हुने छनोटको विजेता टिम रहनेछ ।

यस्तै, समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेशसँगै प्रिमियर कपका उपविजेता र तेस्रो हुने टिम हुनेछन् । इमर्जिङ टिम्स एसिया कप जुलाईमा हुने आईसीसीले जनाएको छ ।