६ आश्विन २०८१, आईतवार
,
Latest
मन्त्री भण्डारी र भूटानीमन्त्री छिरिङबीच भेट काँग्रेस–एमालेबीच लिखित समझदारी नभएको भएपनि संविधान संशोधन आवश्यक थियो: सांसद निधी मेडिकल व्यवसायी प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतमा पेस उपलब्धिको रक्षा गर्नेगरी संविधान संशोधन भए सहयोग गर्न तयार छौँ: वरिष्ठ उपाध्यक्ष श्रेष्ठ संविधन संशोधनको कुरा गर्दा झस्किनु पर्दैन: गृहमन्त्री लेखक संविधान संशोधन सरकारको मात्रै विषय होइन: सभामुख घिमिरे गोरखा मिडिया नेटवर्कका संञ्चालक छविलाल जोशी पक्राउ आमसञ्चार माध्यम लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्ड: राष्ट्रपति पौडेल श्रीलंकामा कुनै उम्मेदवारले पाएनन् ५० प्रतिशत मत, अब दोस्रो चरणको मतगणना हुने रामेछापमा बलेरो दुर्घटना, एकको मृत्यु, छ घाइते
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल एसीसी प्रिमियर कपको समूह ‘ए’मा, विजेतालाई आईसीसीका पाँच पूर्ण सदस्यसँग खेल्ने मौका



अ+ अ-

काठमाडौँ । एसीसी मेन्स प्रिमियर कपको बिहीबार सार्वजनिक गरिएको ‘ड्र’ मा आयोजक नेपाल समूह ‘ए’ मा परेको छ ।

एसियाली क्रिकेट काउन्सिलद्वारा सार्वजनिक खेलतालिका अनुसार नेपालले लिग चरणमा मलेसिया, साउदी अरेबिया, कतार र ओमानको सामना गर्नेछ ।

वैशाख ५ देखि १८ सम्म हुने प्रतियोगिताका खेल टीयू र मूलपानी मैदानमा हुनेछन् । नेपालले उद्घाटन खेलमा मलेसियाको सामना गर्नेछ । कुल १० टिमको सहभागिता रहेको प्रतियोगिताको समूह ‘बी’मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र यूएई छन् ।

लिग चरणको समाप्तिमा प्रत्येक समूहको शीर्ष दुई स्थानमा रहने टिमले सेमिफाइलनको यात्रा तय गर्नेछ । प्रतियोगिताका विजेता टिम एसियाकपका लागि छनोट हुनेछ । यस्तै शीर्ष तीन स्थानमा रहने टिमले एसिया इमर्जिङ कपका लागि स्थान बनाउनेछ ।

एसिया कपको १६औँ संस्करण यसै वर्ष पाकिस्तानमा जनाइएपनि निश्चित भइसकेको छैन । भारतले पाकिस्तानमा सुरक्षा कारण देखाउँदै सहभागिता जनाउन चासो नदेखाएको हो ।

एसिया कपमा आईसीसीका पूर्ण सदस्य रहेका एसियाका पाँच राष्ट्र र नेपालमा हुने एसिया प्रिमियर कपबाट एक टोलीसहित ६ टिमले प्रतिस्पर्धा गर्नेछन् । जसमध्ये आईसीसीका पूर्ण सदस्य रहेका पाकिस्तान, बंगलादेश, भारत, अफगानिस्तान र श्रीलंकाको सहभागिता निश्चित रहँदा नेपालमा हुने छनोटबाट एक टिमको टुंगो लाग्नेछ ।

नेपालमा हुने एसिया कप छनोटको रूपमा रहेको प्रिमियर कपमा एसोसियट राष्ट्रमध्ये वरियताका शीर्ष आठ टिम र थाइल्यान्डमा हुने एसीसी पुरुष च्यालेन्जर कपको फाइनलमा पुग्ने दुई टिम गरी १० टिमले प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै, प्रिमियर कपको विजेता, उपविजेता र तेस्रो हुने टिम ‘इमर्जिङ टिम्स एसिया कप’मा छनोट हुनेछ । इमर्जिङ टिम्स एसिया कपमा आईसीसीका पूर्ण सदस्य भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र बंगलादेशका ‘ए’ टिम सहभागी हुनेछन् ।

यस प्रतियोगितामा पनि सहभागी आठ टिमलाई दुई समूहमा बाँडिनेछ । जसको समूह ‘ए’ मा भारत, पाकिस्तान, श्रीलंका र नेपालमा हुने छनोटको विजेता टिम रहनेछ ।

यस्तै, समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेशसँगै प्रिमियर कपका उपविजेता र तेस्रो हुने टिम हुनेछन् । इमर्जिङ टिम्स एसिया कप जुलाईमा हुने आईसीसीले जनाएको छ ।