२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिके राउतको आरोप: ‘उपेन्द्र यादव फिरंगी उम्मेदवार’



अ+ अ-

कलैया । जनमत पार्टीका अध्यक्ष डा सिके राउतले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई फिरंगी उम्मेदवारको संज्ञा दिनु भएको छ ।

बारा जिल्लाको सदरमुकाम कलैयामा बुधबार आयोजित बृहत् पार्टी प्रवेश एवं आमसभामा उहाँले मधेस र मधेसी जनतालाई उपेन्द्र यादवले नेतृत्व गरेको जसपाले पटकपटक धोका दिने काम मात्र गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो “बारामा नै सक्षम नेताहरु छन् फिरंगी उम्मेदबारको मा छैन ।” उहाँले ठूला दलहरुको इशारामा निर्वाचन आयोगले चोर बाटोबाट जसपाका अध्यक्ष उपेन्द्र यादवलाई बारा निर्वाचन क्षेत्र नं २ बाट चुनाव लड्ने बाटो खुला गरेको आरोप लगाउनुभएको छ ।

बारा जिल्लाको सदरमुकाम कलैयामा बुधबार आयोजित बृहत् पार्टी प्रवेश एवं आमसभामा उहाँले मधेस र मधेसी जनतालाई उपेन्द्र यादवले नेतृत्व गरेका जसपाले पटकपटक धोका दिने काम मात्र गरेको बताउनुभयो । सतामा टिकिरहने यादवको स्वार्थलाई अब बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ का जनताले पाखा लगाउने उहाँको भनाइ थियो ।

अध्यक्ष राउतले सप्तरीबाट पराजित भएर फेरि पनि बाराका जनतालाई धोका दिनका लागि बाराबाट चुनाव लडने यादवको भावी सपना चकनाचुर भएर जाने उदघोष गर्नुभयो ।

क्षेत्र नम्बर २ मा जनमत पार्टीले पनि उम्मेदवारी दिने जानकारी गराउँदै उहाँले जनमत पार्टीलाई यहाँका जनताले मत दिनेमा आफू आशावादी रहेको बताउनुभयो ।