८ श्रावण २०८३, शुक्रबार
,
Latest
पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छः प्रधानसेनापति -फोटो फिचर इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने सत्तासिन भारतीय अधिकारी र सिजेपी नेताबीच भएको वार्ता निष्कर्षबिहिन क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ काभा पुरुष भलिबल च्याम्पियनसिपः नेपाल लगातार पराजित बिर्तामोड खानेपानीका ११ हजार धाराबाट २४सै घण्टा शुद्ध पानी निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ खुकुरी प्रहारबाट महिलाको मृत्यु बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानको राष्ट्रिय दिवस: नेपालस्थित दूतावास राष्ट्रिय झण्डा फराइयो



अ+ अ-

काठमाडौँ । पाकिस्तानको राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा बिहीबार नेपालस्थित पाकिस्तानी राजदूतावास, काठमाडौंमा झण्डा फहराइयो । कार्यवाहक राजदूत उमैर अलीले पाकिस्तानको राष्ट्रिय झण्डा फहराउनुभएको हो।

सो अवसरमा पाकिस्तानका राष्ट्रपति र प्रधानमन्त्रीले दिएको सन्देश पढेर सुनाइएको थियो ।

त्यस अवसरमा कार्यवाहक राजदूत उमेर अलीले सन् १९४० मा मुस्लिमहरूले आफू र आफ्ना भावी पुस्ताका लागि छुट्टै गृहभूमि निर्माण गर्ने संकल्प गरेको स्मरण गर्नुभयो ।

उहाँले पाकिस्तानी जनताका पुर्खाहरूले परिकल्पना गरेको पाकिस्तानलाई मातृभूमि बनाउने प्रतिबद्धतालाई पुन: पुष्टि गर्ने आवश्यकतालाई जोड दिनुभयो ।

झण्डा फहराउने कार्यक्रममा नेपालस्थित पाकिस्तानी समुदायका सदस्य र दूतावासका अधिकारीहरुको सहभागिता रहेको थियो ।