२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इटहरी गोल्डकपः मछिन्द्रलाई हराउँदै सगरमाथा युथ क्लब फाइनलमा प्रवेश



अ+ अ-

सुन्दरहरैँचा । राष्ट्रिय जागृति क्लबको आयोजनामा जारी १३औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपमा साविक विजेता सगरमाथा युथ क्लब सुन्दरहरैँचा फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनल खेलमा सगरमाथाले मछिन्द्र फुटबल क्लब काठमाडौँलाई३–१ गोल अन्तरले हराएर फाइनलमा स्थान सुरक्षित गर्न सफल भएको हो । मछिन्द्रलाई फाइनल चरणमा पुग्न रोक्दै सगरमाथालाई उपाधि नजिक पुर्याउन राजीव लोप्चन, अफ्रिकी खेलाडी स्टेफिन र मेसुकेले एक÷एक गोल गर्न सफल भए ।

सगरमाथाका खेलाडी लोप्चनले खेलको चौथो, स्टेफिनले १२औँ र मेसुकेले ५१औँ मिनेटमा गोल गरेका थिए । पराजित मछिन्द्रका क्याप्टेन अफिज ओलावाले खेलको ८८आँै मिनेटमा पेनाल्टीमार्फत एक गोल फर्काए । खेलको म्यान अफ द म्याच सगरमाथाका स्टेफिन घोषित भए । उनले नगद रू १० हजार पाए ।

आज बिहीबार दोस्रो सेमिफाइनल खेल त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाइटेड काठमाडौँबीच हुने आयोजक क्लबका अध्यक्ष सन्तबहादुर डुम्जनले जानकारी दिए ।

सगरमाथाले अन्तिम सेमिफाइनल विजेतासँग उपाधिका लागि शनिबार प्रतिस्पर्धा गर्नेछ । उपाधि विजेताले नगद रु १० लाख र उपविजेताले रु पाँच लाख हात पार्ने आयोजकले जनाएको छ ।