१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

सांसद शाही प्रति वाइसिएल अध्यक्ष शेर्पालीको अभिव्यक्त खेदजनक: राप्रपा युवा संगठन

सांसद शाही प्रति वाइसिएल अध्यक्ष शेर्पालीको अभिव्यक्त खेदजनक:  राप्रपा युवा संगठन
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले नेकपा माओवादी केन्द्र आबद्ध योङ कम्युनिस्ट लिग (वाइसिएल) का अध्यक्ष सुवोध शेर्पालीले सामाजिक संजाल मार्फत राप्रपाका प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीप्रति लक्षित गरी दिएको अभिव्यक्ति अत्यन्त खेद पुर्ण र आपत्तिजनक भएको जनाएको छ ।

शेर्पालीले शाहीको अभिव्यक्ति प्रति लक्षीत गर्दे लेख्नुभएको थियो माननीय ज्यु बोल्न पाइन्छ तर सिमा नाघेर बोले समय अनुसारको जबाफ मज्जाले पाउनुहुनेछ ।

उहाँको भनाईको प्रतिबाद गर्दे राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका संयोजक सुजित केसीले लेख्नुभएको छ –एउटा सांसदले नेपालको संविधानले दिएको अभिव्यक्तिको स्वतन्त्रताको उपयोग गर्दै संसदमा सत्य र न्यायको विषयमा आफ्नो र पार्टीको धारण व्यक्त गरेको विषय उठान गरी जसरी धम्कीपूर्ण विचार सार्वजनिक गरिएको छ, त्यो गैर-राजनीतिक विधि हो भन्ने कुरा उहाँ जस्तो व्यक्तिलाई बुझाउन शायद यो स्ट्याटसले मात्रै नपुग्ला।

संसद के हो र त्यहाँ कस्ता अभ्यास हुन्छन् भन्ने सामान्य ज्ञान नभएकाले यो विषयमा प्रवेश नगरेकै भए हुन्थ्यो । खैर, गर्नु भयो । तर बिरालोले म्याउँ गर्दा नै शोभनीय हुन्छ, आफु बाघ भएको भ्रम पालेर गर्जिन खोज्दा लोक हाँस्छ। पछिल्लो अभिव्यक्ति कायरताको प्रमाण हो। यो मुलुकको ुहोनहार युवा हुँ भन्नेलाई हेरेर दुनियाँले उपहासको हाँसो हास्यो भने त्यो हामी जस्ता ज्युँदा युवाको लागी पनि राम्रो हुँदैन। संसदमा राखेको अभिव्यक्तिको जवाफ संसदमै दिनुपर्नेमा हतास र कमजोर मानसिकता प्रकट गर्दै अमर्यादित रूपमा माननीय सांसदलाई सामाजिक सञ्जाल मार्फत धम्की दिने कार्य अत्यन्त निन्दनीय छ ।

तत्काल यस्तो कार्य सच्चाइयोस् नत्र राष्ट्रपिता श्री ५ वडा महाराजधिराज पृथ्वीनारायण शाहको दिव्योपदेशलाई मन्त्रका रूपमा स्वीकार गरेका हामी ‘जाई कटक नगर्नु’ झिकी कटक गर्नु ।’ भन्ने मान्यता बोकेका राष्ट्रवादी युवा हौं भन्ने कुराको हेक्का सबैमा रहोस् भन्ने हाम्रो आग्रह छ । भविष्यमा यस्तो कुनै पनि अमर्यादित र अराजनीतिक अभिव्यक्ति नदिइयोस् । एउटा युवा संगठनको नेतृत्वमा बसेको जिम्मेवार व्यक्तिबाट यस्तो उत्श्रृंखलता प्रदर्शित हुनु लज्जास्पद पनि हो ।

युवाले संस्कार र मर्यादाको पालना गर्दै सकारात्मकताको विकास गर्दै समग्र युवाको मर्म र भावनालाई सम्बोधन हुने गरी जिम्मेवार बन्नु पर्छ । हामीले हाम्रा मूल्य, मान्यता र दायरा बुझेका छौं । हामी अनुशाशित छौं तर कमजोर छैनौं । राजनीतिक र वैचारिक रूपले सक्षम युवाले धम्कीको बोली बोल्दैन, राजनीतिक रुपमा नै जवाफ दिन्छ र दिनुपर्छ पनि । हामीलाई जिस्काउने काम बन्द गर्न म सचेत गर्दछु । धन्यवाद ।

सांसद शाही प्रति लक्षित गर्दै शेर्पालीले लेख्नुभएको थियो

संबिधानको मर्म भावना र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने सरकारको योजनाका विरुद्ध संसदमा ज्ञानेन्द्र शाहीले छनौट गरेको शब्द र अभिव्यक्तिले द्वन्दलाई न्यूनीकरण होइन थप बिबादास्पद बनाइ मुलुकलाई थप अस्थिर बनाउने निश्चित छ ।

माननीय जस्तो ब्यक्तिको यस्तो लज्जापुर्ण अभिव्यक्त जति निन्दा गरे पनि अपुग नै हुन्छ । गणतन्त्रको तलब भत्ता खाएर र्‍याल चुहाउदै आफ्नो जिम्मेवारी र हैसियत भन्दा बाहिर बोल्न तिमिलाई लाज लाग्दैन रु गणतन्त्र नचाहिने, गणतन्त्रका पिता नचाहिने तर युद्ध र आन्दोलनबाट स्थापित यहि संविधान अनुसार माननीय बन्न चाहिँ कुनै अप्ठ्यारो नहुने ? विचार गर्नु समयको रफ्तार भन्दा मनोगत बनेर बेहोसी बन्दा उत्पन्न परिणामको तेजले तपाइलाई पुर्ण होसमा लिदा समयले निकै टाढा पुर्‍याइसकेको नहोस् ।

माननीय ज्यु बोल्न पाइन्छ तर सिमा नाघेर बोले समय अनुसारको जबाफ मज्जाले पाउनुहुनेछ ।