२ पुष २०८२, बुधबार
,
Latest
कञ्चनपुर उद्योग वाणिज्य सङ्घद्वारा मन्त्री घिसिङलाई ज्ञापनपत्र बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ- नेता कोइराला देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम एमाले महाधिवशेन : मतदान जारी, ८०२ द्वारा मतदान खगेन्द्रप्रसाद र रुद्रकली कतारका लागि उडे त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पारस खड्का सम्मिलित एसियाले जित्यो लेजेन्ड्स लिगको उपाधि



अ+ अ-

काठमाडौँ । लेजेन्ड्स लिग क्रिकेटको उपाधि राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का सम्मिलित एसिया लायन्सले जितेको छ ।

सोमबार राति सम्पन्न फाइनलमा खेलमा वर्ल्ड जायन्ट्सलाई ७ विकेटले हराउँदै एसिया च्याम्पियन बनेको हो । फाइनलमा जायन्ट्सले दिएको १४८ रनको लक्ष्य लायन्सले १६.१ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।

एसियाका लागि ओपनरद्वय उपुल थरंगा र तिलकरत्ने दिलशानले अर्धशतीय इनिङ्स खेले । ४२ बलको सामना गरेका दिलशानले ८ चौकासहित ५८ रन बनाउँदा थरंगाले २८ बलमा पाँच चौका र तीन छक्काको मद्दतमा ५७ रन जोडे । पारसले भने फाइनलमा ब्याटिङमा मौका पाएनन् ।

बलिङमा जायन्ट्सका समित पटेल, ब्रेट ली र मोन्टी पनेसरले एकरएक विकेट लिए । त्यसअघि दोहास्थित वेस्ट एन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङमा उत्रिएको जायन्ट्सले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ४७ रन बनायो ।

उसका लागि ज्याक कालिसले ५४ बलमा ५ चौका र र ३ छक्कासहित अविजित ७८ रन बनाए । त्यस्तै, रस टेलरले ३२ र लेन्डल सिमन्सले १७ रन जोडे । एसियाका लागि अब्दुर रज्जाकले दुई र थिसरा परेराले एक विकेट लिए । पारसले फाइनलमा बलिङमा पनि अवसर पाएनन् ।