५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुटवलमा कुशल मल्ललाई सम्मान



अ+ अ-

रुपन्देही । बुटवल उपमहानगरपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी कुशल मल्ललाई नगदसहित आज सम्मान गरेको छ ।

बुटवल–११ देवीनगरका मल्ललाई उपमहानगर प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रा देवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले दोसल्ला ओढाएर सम्मानपत्र र रु ५० हजारसहित सम्मान गर्नुभयो ।

कार्यक्रममा क्रिकेटका पूर्वराष्ट्रिय खेलाडी तथा प्रशिक्षक शक्ति गौचन र मल्लकी आमा शर्मिला मल्ललाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सम्मानपछि नगरप्रमुख पाण्डेयले कुशलले क्रिकेटमा गरेको उपलब्धिले बुटवलकै प्रतिष्ठा बढेको बताउनुभयो ।

उहाँले नगरमा खेलकुद क्षेत्रको विकासका लागि रु तीन करोडभन्दा बढी बजेट विनियोजन गरिएको जनाउँदै खेल पूर्वाधारका क्षेत्रलाई प्राथमिकतामा राखिएको बताउनुभयो । क्रिकेटका पूर्वराष्ट्रिय खेलाडी तथा प्रशिक्षक गौचनले बुटवलले सम्मान गरेर खेल क्षेत्रको हौसला बढाएको बताउनुभयो । कुशलले उपमहानगरपालिकाले गरेको सम्मानले आफ्नो मनोबल बढेको र आगामी दिनमा थप मेहनत गर्ने बताउनुभयो । रासस